कीवर्डहरू -

टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी

टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी

नेपाल टेलिकमले ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’ अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि नेपाल टेलिकमलाई बेस्ट टेलिकम्युनिकेसन ब्राण्डको अवार्ड दिएको हो ।

त्यस्तै नेपालको अर्को टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडले सबैभन्दा सामाजिक उत्तरदायी टेलिकम कम्पनीको अवार्ड पाएको छ ।  नेपालको एक जिम्मेवार कम्पनीका रूपमा एनसेललाई ग्लोबल बिजनेस आउटलुकले उक्त सम्मान गरेको हो ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनाका कार्यक्रम तथा वातावरण संरक्षण गर्ने लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।

ग्लोबल बिजनेस आउटलूकले हरेक वर्ष प्रदान गर्ने टेलिकम क्षेत्रको अवार्डबाट यस वर्ष नेपालका २ कम्पनी पनि छनोट भएका हुन् ।

ग्लोबल बिजनेस आउटलुकले टेलिकमका साथै बैंकिङ, स्टार्टअप, प्रविधि, रियलस्टेट, इन्स्योरेन्स, यातायात, लिडरसीप लगायतका क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ । यसले विश्वभरबाट व्यापारमा उत्कृष्ट गर्नेलाई पुरस्कृत गर्दै आएको छ ।