कीवर्डहरू -

एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड

एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड

नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड पाएका छन् ।

बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि लिडरसीप विधामा एनसेलका सीईओ चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड दिएको हो । ग्लोबल बिजनेस आउटलुकले एनसेललाई नेपालको सबैभन्दा सामाजिक उत्तरदायी टेलिकम अवार्ड प्रदान गरेको छ ।

एन्डी चोङ सन् २०१९ को नोभेम्बरमा एनसेलको सीईओको रूपमा नियुक्त भएका थिए । उनी सन् २००८ देखि आजियाटा ग्रुपमा आवद्ध भएका थिए । त्यसपछि उनी सन् २०१४ सम्ममा एसभीपी तथा हेड अफ ग्रुप मार्केटिङ एण्ड अप्रेसनको सन् २०१४ सम्म काम गरेका थिए ।

अनि सन् २०१६ मा इन्टेरिम चीफ कमर्सिएल अफिसरको आजियाटाको एनसेलमा पुनः जोडिएका थिए । त्यसपछि उनले सन् २०१७ मा आजियाटा डिजिटलमा कन्सल्टेन्टको रूपमा पनि काम गरेका थिए ।

फेरी सन् २०१८ मा चिफ कमर्सिएल अफिसरको रूपमा एनसेलमा जोडिएका थिए । चोङले सन् २०१९ को मेमा सीसीओका साथै कार्य बाहक सीईओको भूमिका पनि निर्वाह गरेका थिए ।

उनले व्यवस्थापनमा एमबीए गरेका छन् भने कम्प्युटर सिस्टम र इलेक्ट्रोनिक्समा ब्याचलरमा इन्जिनियरिङ गरेका छन् । उनीसँग टेलिकम्युनिकेसन, आईटी/टेक्नोलोजी र इलेक्ट्रोनिक्सको क्षेत्रमा ३० वर्षभन्दा बढीको व्यवस्थापन र सञ्चालनको अनुभव रहेको छ ।

उनले सीईओ तथा उच्च व्यवस्थापनको नेतृत्वमा मलेसीया, सिंगापुर र इन्डोनेसियामा काम गरिसकेका छन् । एनसेल नेपालको पहिलो निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो ।

एनसेलले नेपालमा अहिले आक्रमक रूपमा देशभर फोरजी विस्तार गर्दै आएको छ  । साथै कम्पनीले नेपालमा फाइभजी परीक्षणका लागि अनुमति समेत मागेको छ । एनसेल नेपालमा सबैभन्दा धेरै कर तिर्दै आएको एक टेलिकम कम्पनी समेत हो ।