कीवर्डहरू -

वेबसाइट बनाउने सजिलो तरिका- ‘कन्टेन्टडर’

वेबसाइट बनाउने सजिलो तरिका- ‘कन्टेन्टडर’

आजको जमानामा वेबसाइट अनिवार्य जस्तै भइसकेको छ । सामान्य व्यक्तिदेखि व्यवसायिक संगठन सबैले आफ्नो वेबसाइटलाई दैनिकीसँग जोडिरहेका छन् । अब हरेक बिजनेश सफल बनाउन अनलाइन जानैपर्ने र अनलाइनबाटै आइडिया वा बिजनेशकाे मार्केटिङ गर्न जरुरी भइसकेको छ ।

विश्वभरका लिडिंङ वेबसाइट निर्माण गर्ने सेवाहरुसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ कन्टेन्ट्डर (Contentder) नामक कम्पनीको स्थापना भएको छ । अस्ट्रेलियामा दर्ता भएको यो नेपाली कम्पनी आइटी कम्पनी ब्रेनडिजिट आइटी सोलुसनसँग सम्बन्धित छ, जसले नेपाली प्रतिभाको प्रयोग गरी उत्कृष्ट वेबसाइट टेम्प्लेटहरु र कम्पोनेन्टहरुको विकास गर्न थालेको छ ।

विश्वभर लिडिङ वेबसाइट प्रडक्टबाट सेवा दिने उद्धेश्यले कन्टेन्टडर सुरु गरिएको हो । यसका संस्थापकहरु निश्चल प्रधान र आलोककुमार पाण्डे परम्परागत बिजनेश प्रणालीलाई डिजिटल प्लाटफर्ममा रुपान्तरण गर्न कन्टेन्टडर सुरु गरिएको बताउँछन् ।

‘कुनै पनि कठिनाइबिना नै एक सुन्दर वेबसाइट बनाउन तथा त्यसको सफल बजारीकरण गर्न प्रयोगकर्ताले सजिलै गर्न सकुन् भन्ने हिसाबले कन्टेन्ट्डरकाे निर्माण गरिएकाे हाे । यसले वेबसाइटको संसारमा नयाँ आयाम कोर्नेछ वेबसाइट बनाउन कन्टेन्टडर नामको वेबसाइट बिल्डिग प्रडक्टको डेभलप गर्दै वेबसाइटको दुनियाँमा नयाँ आयाम कोर्न चाहन्छौं,’ सिइओसमेत रहेका निश्चलले भने ।

वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुची भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिएको छ ।

कन्टेन्ट्डर सासमा आधारित (SaaS based) वेब डेभलपमेन्ट प्लाटफर्म हो । यसले वेबसाइट बिल्डिङ र डिजिटल मार्केटिङका लागि ‘सिगंल सोलुसन’को रुपमा काम गर्दछ । कम्पनीका अनुसार कन्टेन्ट्डर सानादेखि ठुला हरेक प्रकारका बिजनेशका लागि उपयोगी हुन्छ ।

कन्टेन्ट्डरसँग युजर फ्रेन्ड्ली युएक्स/युआई (UX/UI)  छ, जसबाट डिजाइनरले सामान्य र सहजपुर्वक वेबसाइट निर्माण पुरा गर्न सक्दछन् । हरेक डेभलपर डिजाइनर र अनुभव कम भएका वेब प्रयोगकर्ताले पनि कन्टेन्टडरलाई सहजै बुझ्न सक्छन् । यसकारण वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुची भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिएको छ ।

प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् ।

योबाहेक कन्टेन्ट्डरमा थुप्रै प्रकारका कस्टुमाइज्ड टेम्प्लेट र कम्पोनेन्टहरुको छनोट गर्न सकिने अवसर छ, जसका कारण वेबसाइट प्रयोगकर्ता आफैंले समेत पुरा वेबसाइट बनाउन सक्छन् ।

प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् । त्यस्तै यसले ब्लगिङ वा व्यक्तिगत प्रयोजनका लागि महिनाको ७.९९ अस्ट्रेलियन डलर र प्रोफेसनलका लागि महिनाको १५.९९ अस्ट्रेलियन डलरमा खरिद गर्न सकिन्छ ।

‘कन्टेन्ट्डरलाई कोडिङ अनुभव नभएका वा सिमित मानिसहरुका लागि लक्षित गरिए पनि, दक्ष डेभलपर र डिजाइनरले आफ्ना कम्पोनेन्ट र टेम्प्लेटहरु बनाएर यो प्लाटफर्ममा राख्न वा प्रस्तुत गर्न सकिने सुविधा कम्पनीले दिएको छ । यसकारण उहाँहरु पनि हाम्रो परिवारको प्रभावशाली अंग बन्न सक्नुहुन्छ,’, चिफ टेक्निकल अफिसर आलोकले भने ।

यो प्रडक्टले प्राविधिक भागबाहेक सोसल मिडिया र एसइओसँग सम्बन्धित डिजिटल मार्केटिङ फ्याक्टरहरु पनि निर्माण गर्दै आफ्ना प्रयोगकर्ता वा अडियन्ससँग जोडिन वा आबद्ध हुने सुविधा दिएको छ । आगामी दिनमा कन्टेन्ट्डरमा थप उल्लेखनीय सुविधाहरु पस्कदै जाने र विश्वभर यो वेबसाइट निर्माणको उत्पादनलाई पुर्याउने गरी कम्पनीले काम गरिरहेको छ । \"\"