कीवर्डहरू -

राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता

राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता

विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका लागि आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए ।

बुधबार सूचना तथा सञ्चार प्रविधि समाज नेपाल (एसआइसिटी नेपाल)को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका लागि स्वदेशमै आइटीका अवसरहरु बढाउनु पर्ने बताए । \"\"

हालै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय काे संघीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिमा अाइटी अफिसर माग गर्दा त्रिवी इन्जिनियिरङ संस्थानमा बिर्इ कम्प्युटर पढेकाले मात्रै अावेदन गर्न पाउने व्यवस्था ल्याइएपछि एसअाइसिटी नेपाललगायतका संस्थाकाे निरन्तर दबाब र विज्ञान राज्यमन्त्री विष्टकाे तत्परताले पुनः नयाँ सूचना जारी भर्इ मान्यताप्राप्त विश्वविद्यालयका हरेक अाइसिटी प्राेगाम पढेका विद्यार्थीले साे पदमा अावेदन गर्न पाउने व्यवस्था अाएकाे छ । \"\"

आइटी जनशक्तिको पक्षमा प्राप्त याे उपलब्धीको सन्दर्भमा एसआइसिटी नेपालको प्रतिनिधिमण्डल राज्यमन्त्री विष्टलाई धन्यवाद दिन मन्त्रालय पुगेको थियो । सो अवसरमा एसआइसिटी नेपालले स्थापनाकालदेखि खेल्दै आएको भूमिका प्रशंसनीय रहेको भन्दै मन्त्री विष्टले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमै उपयोगी हुने प्रविधिको आविष्कार गर्न र त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको समेत बताए । \"\"

\"\"