कीवर्डहरू -

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् ।

‘गण्डकी र लुम्बिनी प्रदेशमा युटिएल कम्पनीले पाएको थियो,’ अधिकारीले भने, ‘उसले काम गरेन, त्यतिकै रहेको थियो । त्यसलाई पनि पूर्ती गर्नको निम्ति गण्डकी र लुम्बिनीलाई सम्बोधन गर्ने हिसाबले ८०० किलोमिटरको अप्टिकल फाइबर चाहिँ टेन्डर मार्फत सम्झौता हुने क्रममा छ । सम्भवत अर्को हप्ता हामी त्यसको सम्झौता गर्छौं ।’

टेलिकमको आन्तरिक कार्यक्रम अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आइसिटी समाचारलाई जानकारी दिए ।

‘हाम्रो टेन्डर भएर एलओई दिएर कन्ट्रयाक्टको तयारी भइरहेको छ’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘कन्ट्रयाक्टको तयारी भइरहेकाले सायद एकहप्तामा सम्झौता होला ।’

सम्झौता भएको मितिले एक वर्षमा गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गरी सक्ने योजना रहेको उनले बताए ।