कीवर्डहरू -

इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि आइस्पानले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।

बुधबार बसेको आइस्पानको बैठकले शहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा प्रति ग्राहक ३०० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । संस्थाले शुल्क बढाउने निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणमा स्वीकृतिका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले सम्झौता नविकरण नगर्ने र पोलको भाडा नतिर्ने टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तार तथा उकरणहरू हटाउने  जानकारी दिएको थियो ।

विदयुत प्राधिकरणले तोकिएको समयमा शुल्क नतिरे तार तथा उपकरणहरू हटाउने चेतावनी दिएपछि सेवा प्रदायकहरूले मूल्य बढाउने निर्णय गरेका हुन् ।