कीवर्डहरू -

डिशहोमका प्रयोगकर्तालाई मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका प्रयोगकर्तालाई मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । दामी इन्टरनेट अन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट उपलब्ध गराउने भएको हो ।

डिशहोमका प्रयोगकर्ताले मासिक २३३ रूपैयाँ इन्टरनेट पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

डिशहोमका प्रयोगकर्ताले एक वर्षका लागि एकैपटक १० हजार रूपैयाँ (भ्याट बाहेक) भुक्तानी गर्दा ६ सय रूपैयाँको लाइफ स्टाइल एचडी प्याकेज र २५ एमबीपीएसको इन्टरनेट सुविधा पाउने छन् ।

यो अफर डिशहोम फाइबर नेट उपलब्ध भएको ठाउँमा मात्र लागु हुनेछ । ६ महिनाको भुक्तानीको गर्दा मूल्यमा थोरै फरक पर्ने उनले बताए ।

महिनाको ८३३ रूपैयाँ तिरेपछि डिशहोमका ग्राहकले लाइफ स्टाइल एचडी र २५ एमबीपीएसको इन्टरनेट पाउने सापकोटाले जानकारी दिए ।

लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका सबै एचडी तथा एसडी च्यानल हेर्न सकिन्छ । डिशहोमको यस अफर बारे थप जानकारी लिन ९८०१५४४००० मा सम्पर्क गर्न सकिने छ ।

डिशहोमले दामी इन्टरनेट अन्तर्गत वार्षिक ११ हजार ५०० रूपैयाँमा ३० एमबीपीएस र १४ हजार ५०० रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने समेत जानकारी दिएको छ ।

डिशहोमले अहिले देशभर आक्रमक रूपमा आफ्नो इन्टरनेट सेवा विस्तार गरिरहेको छ । डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

हालसम्म डिशहोम फाइबर नेटको सेवा काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, पोखरा, काभ्रे, ढल्केबर, जनकपुर र विराटनगरमा डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।