कीवर्डहरू -

माघ ११ देखि सुबिसु क्यान इन्फोटेक २०१८ हुने, भोलीदेखि स्टल बुकिङ खुला

माघ ११ देखि सुबिसु क्यान इन्फोटेक २०१८ हुने, भोलीदेखि स्टल बुकिङ खुला

आगामी माघ ११ देखि २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८’ सञ्चालन हुने भएको छ । क्यान महासंघको आयोजनामा हुने इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको वृहत् प्रदर्शनीको रुपमा वर्षेनी हुँदै आएको छ ।

यसैबीच क्यान महासंघले भोली बिहिबारदेखि इन्फोटेकको प्रायोजक र स्टलहरुको बु्किङ खुला गर्ने भएको छ । इच्छुक कम्पनीले अनलाइनबाटै स्टल बुक गर्न सक्दछन् । यसका लागि महासंघको वेबसाइट stalls.can.org.np प्रयोग गर्न सकिन्छ । \"\"

यस वर्षको मेलामा क्यान महासंघका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने अपेक्षा गरिएकाे छ ।

प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने अपेक्षा रहेको क्यान महासंघका अध्यक्ष र्इ. विनाेद ढकालले बताए ।

साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउन र अवलोकनकर्ताहरुले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिदसमेत गर्न पाउने उनले जनाए । \"\"