कीवर्डहरू -

आइटी विद्यार्थीलाई न्याय दिलाउन एसअाइसिटी नेपालले थाल्यो दबाबमुलक कार्यक्रम

आइटी विद्यार्थीलाई न्याय दिलाउन एसअाइसिटी नेपालले थाल्यो दबाबमुलक कार्यक्रम

सोसाइटी फर इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी नेपाल (SICT Nepal)ले आइटी पढेका जनशक्तिलाई राज्यका अंगमा समानपूर्वक पहुँच दिलाउन दबाबमुलक कार्यक्रम थालेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै सूचना प्रविधि अधिकृतका लागि गरेको दरबन्दी आह्वानमा सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुलाई नै अन्याय गरिएको भन्दै चर्काे विराेध भइरहेकाे छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट कम्प्युटर इन्जिनियरिङ गरेकाले मात्र सो अवसर पाउने गरी दरबन्दी आह्वान गरिए पछि त्रिविकै विज्ञान प्रविधि संस्थानअन्तर्गत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र अन्य विश्वविद्यालयमा आइटी इन्जिनियिरिङ र कम्प्युटर विज्ञान अध्ययन गरिरहेका विद्यार्थी आन्दोलित समेत भएका छन् । \"\"

यसैबीच अाइतबार विज्ञान प्रबिधि राज्यमन्त्री विराट विस्टसँग एसअाइसिटी नेपालले विशेष छलफल गरेकाे छ । छलफलमा विस्टसहित विज्ञान प्रबिधि सचिव डा संजय शर्मा, स्थानीय विकास मन्त्रालयका सहसचिव एवं LGCDP का राष्ट्रिय कार्यक्रम प्रबन्धक रेशमलाल कंडेल,  सूचना प्रबिधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्र र एसअाइसिटी सचिवालय लगायतको उपस्थिति थियो ।

उक्त छलफलमा बाेल्दै राज्यमन्त्री विष्टले अाइटी काेर्स पढेका सबैमा समान अवसर प्रदान गर्न एवं समन्वय गर्न मातहतलार्इ निर्देशन दिए । उनले अाफ्नाे तर्फबाट याे समस्याकाे समाधानका लागि पहल गर्ने अाश्वासन दिएका छन् । सो विषयमा LGCDP का राष्ट्रिय कार्यक्रम प्रबन्धक कंडेलले पनि सकारात्मक रुपमै विषयलाई लैजाने पाटाहरु जाहेर गरे ।  साथै विज्ञान सचिव डा. शर्मा र अाइटी विभागका महानिर्देशक मिश्र पनि निकै सकारात्मक रहनु भएको एसअाइसिटीका महासचिव सुवास खड्काले बताए । \"\"

उनले ज्ञापन पत्र बुझाएको समयबाट एकै दिनको कार्यालय समयमा यस्तो सर्वपक्षीय (नेपाल सरकारका पदाधिकारी तथा सरोकारवाला विच) बैठक/छलफल आरम्भ गरी गम्भीरतापूर्वक समस्या समाधानको निकास खोलिदिएकोमा राज्यमन्त्री विस्टप्रति अाइसिटी सेक्टरकाे प्रतिनिधित्व गर्ने एसअाइसिटी नेपालकाे तर्फबाट धन्यवाद दिए ।

एसअाइसिटीले याे जटिलताको अन्त्य नभएसम्म अाफ्ना मर्यादित रचनात्मक कार्यक्रमहरु जारी राख्ने जनाएकाे छ । यस विषयमा बृहत कार्य अघि बढाउने र थप गृह कार्यसहित एसअाइसिटी नेपालले शिक्षा मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यसै हप्तामा पनि लबिङ गर्ने निश्कर्ष निकालेकाे छ ।

यो समाचार पनि पढ्नुहोस् ः