कीवर्डहरू -

एयर बस ए२२० – ले नेपालमा प्रथम ल्याण्डिङ् गर्यो 

एयर बस ए२२० – ले नेपालमा प्रथम ल्याण्डिङ् गर्यो 

एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०–ले बिश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरियो ।  १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने  यो एयरक्राफ्ट् चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । 


यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ ।


१००–१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए२२० ले अजय इन्धन क्षमता अनि राम्रो आराम प्रदान गर्दछ । यो विमानले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड  मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको एध्ज्ञछण्ण्न् भएको इन्जिनका साथ यो विमानले साधाराण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गराउनुका साथै पहिलाको विमानभन्दा धेरै आरामदायक पनि रहेको छ । 


यो विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भईसकेको छ । ए२२० विमानले बजारमा १००–१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा राम्रो रहेको जनाइएको छ ।