कीवर्डहरू -

देशभर आइटी अफिसर माग्दा आइटी विद्यार्थीलाई नै अन्याय

देशभर आइटी अफिसर माग्दा आइटी विद्यार्थीलाई नै अन्याय

स्थानीय विकास मन्त्रालयले हालै सूचना प्रविधि अधिकृतका लागि गरेको दरबन्दी आह्वानमा सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुलाई नै अन्याय गरिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट आइटी इन्जिनियरिङ गरेकाले मात्र सो अवसर पाउने गरी दरबन्दी आह्वान गरिए पछि त्रिविकै विज्ञान प्रविधि संस्थानअन्तर्गत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र अन्य विश्वविद्यालयमा आइटी इन्जिनियिरिङ र कम्प्युटर विज्ञान अध्ययन गरिरहेका विद्यार्थी आन्दोलित भएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा आक्रोसहित पोखेका छन् । साथै विभिन्न दबाब समूह बनाई निर्णय सच्याउन र सबैलाई समात रुपले प्रतिष्पर्धामा सहभागी गराउन आग्रह गरेका छन् । उनीहरुले त्रिविबाट विज्ञान तथा प्रविधि अध्ययन गरी ४ वर्षे बिएस्सी सिएसआइटी गरेका विद्यार्थीले पनि स्थानीय तहको आइटी अफिसरमा प्रतिस्पर्धा गर्न पाउनपर्ने माग राखेका छन् ।

देशभर ८ सय ३० आइटी अफिसर माग
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको थप एक वर्षका लागि बजेटसमेत विनियोजन गरेर असोज २६ गते स्थानीय तहलाई परिपत्र गरेपछि यो विषय बाहिर आएको हो । देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा सूचना प्रविधि अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो । तलब रु. ४० हजार हुने गरी ८३० आइटी अफिसर माग गरिएको छ । \"\"

त्रिवि इन्जिनियरिङ संस्थानसँग एमओयु
स्थानीय विकास मन्त्रालयले आइटी अफिसरका लागि त्रिवि इन्जिनियरिङ संस्थानका लागि एमओयु गरी आइटी अफिसर व्यवस्थापन गर्ने आइटी अफिसर व्यवस्थापन गर्ने प्रक्रिया रहेकाले सो पश्चात खटी आउने आइटी अफिसरको मासिक रु. ४० हजारका दरले भुक्तानी दिने उल्लेख छ । यसले त्रिविअन्तर्गतकै विज्ञान प्रविधि संस्थानलाई पनि निरुत्साहित गर्ने काम गरेको छ । समान ४ वर्ष लगाएर अध्यापन गराउँदै आएको विज्ञान प्रविधि संस्थानबाट सम्बन्धन लिई हाल करिब ६० कलेजअन्तर्गत आइटी शिक्षा पढाइ भइरहेको छ ।

डिन कार्यलयको लिखित आग्रह
तीव्र विरोध भइरहेको बेला त्रिवि त्रिविअन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले ७५३ स्थानीय तह र ७७ जिससमा आइटी अफिसर नियुक्तिमा आफ्ना विद्यार्थीले पनि समान प्रतिस्पर्धाको अवसर पाउन’पर्ने भन्दै स्थानीय विकास मन्त्रालयलाई लिखित आग्रह गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन रामप्रसाद खतिवडाले सोमबार नै संस्थानले अध्यापन गराउने पाठ्यक्रमको ढाँचासहित आइटी अफिसरमा आफ्ना विद्यार्थीलाई पनि प्रतिस्पर्धाको अवसर दिन पत्राचार गरिएको बताए ।