कीवर्डहरू -

आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को

आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को

नेपालमा सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासलाई ट्रेनिङ सेवा प्रदायक कम्पनीका रुपमा योगदान दिँदै अएको ब्रोडवे इन्फोसिस नेपालले आफ्नो स्थापनाको १० वर्ष पार गरेको छ ।

व्यवसायिक तालिमको अभाव महसुस गरी स्थापना गरिएको ब्रोडवेले हाल ८५ भन्दा बढी विविध कोर्समा ट्रेनिङ सञ्चालन गरिरहेको छ ।

\"\" आइटी ट्रेनिङ तथा सफ्टवेयर डेभलपमेन्टमा अनवरत रुपमा काम गरिरहेको ब्रोडवे इन्फोसिस नेपालका अध्यक्ष राजु अधिकारीले यस सफल यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भई योगदान दिने सम्पूर्ण सहयोगी मित्रहरु, शिक्षकहरु, कर्मचारीहरु, विद्यार्थीहरु, ग्राहकवर्गहरु, समुदायका सदस्यहरुलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कोर्शहरुमा विविधता भएकै कारण विद्यार्थीहरु तथा पेसागत रुपमा दक्षता खोजिरहेका सम्पूर्ण व्यक्तिलाई आफ्नो इच्छाको विषय छनोट गरी पढ्न पाउने व्यवस्था छ ।

आजको डिजिटलाइज दुनियाँमा सम्पूर्ण नागरिकमा आधुनिक प्रविधिको ज्ञान हुन जरुरी देखिएको छ । विश्व बजारमा आएका आइटीसम्बन्धी विविध प्रगति र कम्प्युटर टेक्नोलोजीमा आएको आमूल परिवर्तनले विश्व असोचनीय र अकल्पनीय फड्को मारिरहेको छ । हामी त्यही गतिमा सरिक हुँदै आइटी ट्रेनिङ तथा सफ्टवेयर डेभलपमेन्टमा अघि बढिरहेको अधिकारीले बताए ।

ब्रोडवे इन्फोसिस नेपालले विभिन्न कम्पनीलाई आवश्यक पर्ने मानव संसाधनको उत्पादनमा उल्लेख्य भूमिका खेलेको छ । यसले विशुद्ध रुपमा संघसंस्था तथा उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पानदनमा एक सहजकर्ताको भूमिका खेलेको छ भने अर्कोतर्फ ट्रेनिङपश्चात् सक्षम विद्यार्थीलाई विभिन्न आइटी कम्पनीहरुमा पदस्थापना गर्न पनि सहयोग गरिरहेको छ ।

आगामी दिनमा अझ बढी खोज तथा अनुसन्धानमा लागि विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने यस कम्पनीको लक्ष्य रहेको बताइएको छ ।