कीवर्डहरू -

२०२६ सम्म विश्वभर निःशुल्क वाईफाई प्रदान गर्ने चिनियाँ कम्पनीको घोषणा

२०२६ सम्म विश्वभर निःशुल्क वाईफाई प्रदान गर्ने चिनियाँ कम्पनीको घोषणा

चीन । एक चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनीले सन् २०२६ सम्म विश्वभरी निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरेको छ । सांघाईमा रहेको लिंकस्योर नेटवर्क नामक कम्पनीले फेसबुक, गुगल, स्पेस एक्सजस्ता कम्पनीसँग सहकार्य गरेर ग्लोबल इन्टरनेट सेवा ल्याउने योजना अघि सारेको हो ।

यसका लागि सो समयसम्म २७२ वटा स्याटेलाइट लन्च गर्ने योजना कम्पनीले ल्याएको छ विश्वभर डिजिटल असमानतालाई हटाउने महत्वकांक्षा लिएको कम्पनीले हरेक मानिसलाई इन्टरनेटमा पहुँच पुर्याउन निःशुल्क इन्टरनेटको यस्तो अवधारणा ल्याएको हो । यो योजना सफल भएको खण्डमा भौगालिक समस्याले इन्टरनेटको प्रयोगबाट टाढा रहेको मानिसहरुले पनि सजिलै प्रयोग गर्न पाउने छन् ।

चीनमा सोसल मिडिायामा यो समाचार भाइरल भइरहेको छ । कसैले खुसी व्यक्त गरेका छन् भने कसैले व्यंग गरेका छन् । कम्पनीले यस योजनाको लागी कम्पनीले ३ विलियन युआन अर्थात ४३१.४ मिलियन अमेरीकी डलर लगानी गर्ने भएको छ ।

यो योजनाअन्तर्गत सन् २०२० सम्ममा अन्तरीक्षमा १० वटा स्याटेलाइट पठाई सक्ने योजना रहेको छ ।

(एजेन्सीको सहयोगमा)