कीवर्डहरू -

आजदेखि रेनो एक्सचेन्ज क्याम्प सुरु

आजदेखि रेनो एक्सचेन्ज क्याम्प सुरु

मंसिर २० गतेदेखि पुष ६ गतेसम्म देशैभर 'रेनो एक्सचेन्ज क्याप' सुरु भएको छ । 'पुरानो छोडौँ ! नयाँ गुडऔँ' भन्ने ट्यागलाइनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर यो क्याम्प आयोजना गरिएको हो ।  


यो कार्निभलमा पुरानो रेनो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । यो क्याम्पमा रेनोको रेनो क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेका छन् ।

अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि-सर्भिसिङ, नि:शुल्क एसेसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुविधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक  टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् अफर पनि रहेको छ ।


नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार एक्सचेन्ज क्याम्प सुरु गरेको हो । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने योजना रहेको छ ।