कीवर्डहरू -

इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रजिअ ‘राम बहादुर कुरुम्बाङ्ग’

इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रजिअ ‘राम बहादुर कुरुम्बाङ्ग’

वर्ष २०१७ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

इन्टेग्रीटी आइडल २०१८ को उपाधी पाउन सफल कुरुम्बाङ्गले कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक , सांस्कृतिक , आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम गर्दै आउनु भएको छ ।

कामकै सिलसिलामा पौडेलले विभिन्न जिल्लामा बसेर जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गर्नु भएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्टेग्रिटी आइडलको सुरु गरेको हो । इन्टेग्रिटी आइडल २०१८ मा यस वर्ष १५ जनवरी २०१८ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७२ जिल्लाबाट १०६२ वटा मनोनयन प्राप्त भएको थियो ।

यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र , खुमलटार , ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले , टीकापुर नगरकार्यपालिकाको कार्यालय , टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य , युवा तथा खेलकुद मन्त्रालय , सिंहदरबार , काठमाण्डौका उपसचिव महेन्द्र प्रसाद पौड्याल , जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय , सुर्खेतका सिनियर अ।न।मी। सिता कुमारी शर्मा पर्न सफल हुनुभएको थियो ।

अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्टेग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो । यसवर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको १ लाख ३२ हजार २ सय ५६ मत मध्ये कुल १ लाख १९ हजार ४ सय ७८ मत सदर भएको थियो । सो मध्ये विजयी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्गले सवैभन्दा बढि अर्थात् ५७ हजार १ सय ५४ मत पाउनु भएको थियो