कीवर्डहरू -

झापामा एनआइसी एसियाको नयाँ शाखा 

झापामा एनआइसी एसियाको नयाँ शाखा 

झापा । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापास्थित झापा गाउँपालिका वडा नं.२, झापाबजारमा विस्तार गरेको छ । सोमबार झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले शाखाको उद्घाटन गरे । 

बैंकको हाल देशभर २७० शाखा कार्यालय, २८५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर एवं २० शाखा छन् । 

बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।