कीवर्डहरू -

आइसिटी र डिजिटल कन्भर्जेन्स बिजनेश विषयमा कोरियामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

आइसिटी र डिजिटल कन्भर्जेन्स बिजनेश विषयमा कोरियामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

दक्षीण कोरियोको राजधानी सउलमा ‘२०१९ इन्टरनेश्नल कन्फेरेन्स अन इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी एन्ड डिजिटल कन्भर्जेन्स बिजनेश’ हुने भएको छ ।

हानयाङ विश्वविद्यालमा हुने सो अन्तराष्ट्रिय सम्मेलनमा एकाडेमिया र इन्डस्ट्री दुवै क्षेत्रका शोधकर्ता एवं अभ्यासकर्ताको सहभागिता रहेको थियो ।

कम्प्युटिङ, कम्युनिकेशन,, डिजिटल कन्भर्जेन्स बिजनेशलगायत आइसिटीको क्षेत्रमा भएका पछिल्ला अनुसन्धान, तिनका नतिजा र विभिन्न अवधारणाका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ, शोधकर्ता, इन्जिनियरहरुलगायतले पेपर प्रस्तुत गर्नुका साथै छलफल हुने सो सम्मेलन द कोरिया एकाडेमिक सोसाइटी अफ डिजिटल बिजनेश एडमिनिस्ट्रेसनले गर्न लागेको हो ।

यसले विभिन्न एकाडेमिक कन्फेरेन्स, वर्कसप र अन्य गतिविधि गर्दै आइरहेको छ ।

सो कन्फेरेन्स एक किनोट स्पिकरमा नेपाली विज्ञ प्रा.डा. सुदन झा पनि रहेका छन् । उनी हाल भारतको केआइआइटी युनिभर्सिटीमा प्राध्यापनरत छन् ।

थप जानकारीका लागि : http://kasdba.org/icidb2019/