कीवर्डहरू -

ट्रेन्ड माइक्रो नेपाली बजारमा

ट्रेन्ड माइक्रो नेपाली बजारमा

क्लाउड सेक्युरिटीमा ख्याती कमाएको ट्रेन्ड माइक्रोले नेपाली बजारमा आधिकारिक रुपमा आफ्ना उत्पादन विस्तार गरेको छ ।

२५ वर्षदेखि बजार र सेवाग्राहीको आवश्कताअनुसार सेक्युरिटी सोलुसन्स प्रदान गर्दै आएको कम्पनीले नयाँ थ्रेटहरुलाई रोक्दै फिजिकल, भर्चअल र क्लाउड इन्भाइरोमेन्टका डाटालाई सुरक्षा प्रदान गर्दै आएको छ ।

नेपालस्थित आधिकारिक विक्रेता ग्रिनआइटी सोलुसन्समार्फत् ट्रेन्ड माइक्राले आफ्ना उत्पादन ल्याएको हो ।

कम्पनले हाल होम र बिजनेशका लागि सेक्युरिटी सोलुसन्स प्रदान गर्दै आएको छ ।

नेपाली बजारमा कम्पनीले डाटा सेन्टर र क्लाउडका लागि सेक्युरिटी सोलुसन्स ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले ल्याएको हाइब्रिड क्लाउड सेक्युरिटीले डाटा र एप्लिकेशनको सुरक्षा गर्नुका साथै क्लाउड, फिजिकल र भर्चुअल सर्भरलाई सुरक्षा प्रदान गर्दछ ।