कीवर्डहरू -

पुस ७ मा वर्डक्याम्प विराटनगर २०१८ हुने

पुस ७ मा वर्डक्याम्प विराटनगर २०१८ हुने

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउन र ओपेन सोर्स सफ्टवेयर वर्डपे्रससम्बन्धी एक दिने सेमिनार पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

होटेल एसियाटिक एयरपोर्ट रोड विराटनगरमा हुने यस कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ४ सयभन्दा बढी नेपाली तथा विदेशी विशेषज्ञ सामेल हुनेछन् । विश्वभरि रहेका प्रविधिसम्बन्धी काम गर्ने धेरै संस्थाको सहयोगमा कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा वर्डप्रेसको विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन् । वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र पल्गिन डेभलपमेन्ट, वर्डप्रेसको महङ्खव र प्रयोगलगायत अन्य थुप्रै विषयमा कार्यक्रम सञ्चालन हुनेछ ।