कीवर्डहरू -

एनआईस बैंक र आईएमई लाईफबिच इन्सुरेन्स सम्झौता

एनआईस बैंक र आईएमई लाईफबिच इन्सुरेन्स सम्झौता

काठमाडौँ । मंगलबार एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ  इन्सुरेन्स कम्पनी लिमिटेडको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गर्नु भएको थियो । बैंकको हालभर २७० शाखाकार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई रहेको छ ।