कीवर्डहरू -

किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ ?

गुगलको तर्पmबाट सुन्दर पिचाईले “इडियट” शब्दको सर्च गर्दा किन राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर आउछ ? बारे संसदमा सफाई दिएका छन् ।

किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ  ?

गुगलमा “इडियट” शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर देखिएको खबर सार्वजनिक भएसँगै उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं किवर्डको आधारमा आउने र त्यसलाई दुई सय भन्दा धेरै कारणका आधारमा त्यसको प्रासंगिकता र लोकप्रियता लगायतका आधारमा सूचिकृत गरिने बताए । तर पिचाईको यस्तो जवाफमा सांसद सहमत भएनन् । कुनै मामुली मानिसले पर्दा पछाडि बसेर प्रयोगकर्तालाई के परिणाम देखाउने भन्ने कुराको निर्णय गर्न नहुने उनको भनाई थियो ।

सांसदहरुले यसलाई गुगलले राजनीतिक पक्षपात गरेको रुपमा व्याख्या गरेपछि पिचाईले त्यसलाई अस्विकार गर्दै गुगलको बचाउ गरेका थिए ।

\"Image

रिपब्लिकन पार्टीका एकजना सांसदले गुनासो गरे कि आफ्नो पार्टीको हेल्थ केयर बिलको खबर गुगलमा खोजी गर्दा केवल नकारात्मक खबर मात्र देखा पर्ने गरेका छन् । गुगलमा “गुगल” शब्द नै सर्च गर्दा समेत धेरै नकारात्मक खबर पहिले देखा पर्ने गरेको पिचाईले जवाफ दिए ।

यो शव्दको खोजी निकै उच्च भएको छ । अमेरिकामा इडियट शब्द सबैभन्दा धेरै खोजी गरिएको शव्द बनेको गुगलले जनाएको छ । तर हाल “इडियट” शब्दको सर्च गर्दा यो किन भयो भन्ने समाचारहरु मात्र प्राप्त गर्न सकिन्छ ।

यो पहिलो पटक मात्र भएको होइन । द न्यूर्योक टाइम्सका अनुसार गुगलमा “मिज्रीबल फेलियर” सर्च गर्दा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश रिजल्टमा देखिएको थियो तर गुगलले यसको लिङक हटाई सकेको छ ।