विदेशमा बसेर सूचना प्रविधिकाे क्षेत्रमा साहसी काम गर्ने नेपालीकाे चर्चा गरिरहेका थियाैं । यसपटक भारतकाे बैंगलाेरमा बसेर सफलता हासिल गरेका एक नेपाली युवा र उनकाे कम्पनीकाे चर्चा गरेका छाैं :
लक्ष्मी खतिवडा एक चर्चित युवा आइटी उद्यमी हुन्, जसले भारतको सूचना प्रविधि शहर बैंगलोरमा आफूलाई स्थापित गरेका छन् । उनी सिम्पिलफाई ३६० नामक चर्चित आइटी कम्पनीका सह-संस्थापक एवम् चिफ फाइनान्सियल अफिसर हुन् ।
सिम्पिलफाई ३६० एउटा सोसल मिडिया कस्टमर सर्भिस एवं बिजनेश इन्टेलिजेन्स प्लाटफर्म हो, यसको प्रयोग कम्पनी तथा ब्रान्डहरुले साेसल मिडियालाई प्रभावकारी ढंगले 'सोसल मिडिया रणनिति' बनाउन, आफ्नो र प्रतिस्पर्धी कम्पनीहरूको रणनीति विश्लेषण गर्ने एवं साेसल मिडियामार्फत सपोर्ट प्रदान गर्न आदिका लगि प्रयोग गर्दछन्। यसका प्रयोगकर्ता मूलत: मार्केटिङ एवं ग्राहक सेवा डिपार्टमेन्ट हुन्।
इन्टिग्रेटेड इन्टरप्राइज सोलुसन्स दिने सिम्पिलफाईका प्रडक्ट हाल स्टार्टअपदेखि लिएर ग्लोबल्ली लिडर कम्पनीहरुले प्रयोग गर्दै आएका छन्, जहाँ सेवाग्राहीका ३६० डिग्रीकै भ्युहरु समेटिन्छन्, त्यो पनि केही मिनेटमै । लक्ष्मी भन्छन्, ‘हाम्रा विश्वभरबाट २ सय ५० भन्दा बढी कर्पोरेट क्लाइन्ट छन् । अझ खुसीको कुरा सुन्न चाहनुहुन्छ भने विश्वको टप टेलिकमले हाम्रो सफ्टवेयर प्रयोग गर्छन् ।’
सिम्पिलफाईको यो सिस्टमबाट आज लाखौं ग्राहक भएका सेवा प्रदायकहरुले केही मिनेटमै आफ्ना सेवाग्राहीसँग सोसल मिडियामार्फत सञ्चार र उनका समस्या हल गर्न पाएका छन् । सिम्पिलफाई३६० को कोर टेक्नोलोजी भनेको सोसल मिडिया एनालाइटिक्स हो, जसले सोसल डाटाहरुलाई सेन्टिमेन्ट विश्लेषणका साथै अन्य विभिन्न शीर्षकमा वर्गीकरण गर्दछ । यसका साथमा सोसल सिआरएम र सोसल मिडिया कमान्ड सेन्टरलगायत सोलुसन्स पनि लोकप्रिय छन् । सिम्पिलाफाईले एकीकृत रुपमा ग्राहक वा सेवाग्राहीको आफ्नो सेवामा भएको सक्रियता वा आबद्धतालाई इन्टरप्राइज सिआरएमबाट प्रस्तुत गर्छ ।
अपर्याप्त रेभेन्यु र सिमित कस्टमरका बाबजुद पनि हम्रो विश्वास्रलार्इ कायम राखिम् ‘वि नेभर गेभअप । कस्टमरलार्इ खुसी राख्न हरसम्भव प्रयास जारी राख्याैं, र नयाँ फिचरहरू उपलब्ध गराउँदै गयाैं, यो हाम्रो अग्निपरीक्षाको घडी थियो र यो नै हाम्रो यहाँसम्मको सफलताको कडी पनि हो ।
विश्वका ठूला मिडियामा बेलाबेला सिम्प्लिफाईको सक्सेस स्टोरी सुन्न पाइन्छ । मूल घर नेपाल भएका उनीहरुको यो सफलताले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाउँछ । खतिवडा र साथीहरु भूपेन्द्र खनाल, विनीत थापा, दीप शेरचन, श्वेता शर्मा र रोहित गुप्ता सिम्पिलफाई ३६० का सहसंस्थापक हुन्। उनले विराटनगरको पुसेट कलेजबाट कम्प्युटर एप्लिकेशनमा ब्याचलर्स र मास्टर्स गरे । कलेज पढ्दा नै उनीसहितको टिमले मेडिकल सफ्टवेयर बनाएको थियो । तर, यसको विस्तार गर्न नसक्दा सफ्टवेयरले एक्स्पोजर पाउन सकेन।
अध्ययनपछि इन्टरप्राइज वर्क अनुभवका लागि काठमाडौंमा आएका खतिवडा नेदरल्यान्डको एक स्टार्टअपमा ज्वाइन भए । उनले त्यतिबेलै कम्पनी सेटअप कसरी गरिँदो रहेछ भनेर बुझ्ने अवसर पाए । पछि एचडब्ल्युबी नेदरल्यान्ड नामको कम्पनीमा पनि काम गरे । २००८ को मध्यतिर साथीहरूबीच सुरू भएकाे छलफलले २००९ मा नयाँ कम्पनी सुरु गर्ने सहमति भएपछि उनी पनि बैंगलोर लागे ।
‘हामी ६ जना थियौं । सबै कन्फिडेन्ट र एक्साइटेड थियौं । फरक पृष्ठभूमिबाट आएका थियौं,’ उनले भने । सुरुमा यो टिमले बैकिंङ तथा फइनान्स बिग डाटा एनालाइटिक्स बिजनेस इन्टेलिजेन्समा सफ्टवेयर बनायो तर, सफ्टवेयर एउटा पनि विक्री भएन। हामीसँग मार्केटिङ गर्ने बजेट कम भएकाेले सोसल मिडियामा यसकाे प्रचार गर्न थाल्याैं। सोसल मिडियाको भने जस्तो टुल उप्लब्ध पनि थियेनन्, आन्तरिक प्रयोगको लागि टुलसम्म आफै बनायाै,' उनले भने
हाल बजारमा यस्ता इन्टरप्राइज टुल धेरै छन्, ओर्याकल, सेल्सफुडका साथै सिलिकन भ्यालीमा अवस्थित फन्डेड कम्पनीहरुले पनि यस्ता सोलुसन्स ल्याएका छन् । भारतको लिडर सिम्पिलफाईका लागि उनीहरु विश्वबजारमा प्रतिस्पर्धी हुन् ।
उनकाे टिमले त्यसबखत सोसल मिडिया टुलर्लाइ इ पब्लिक लाइभ गर्ने निर्णय गर्याे । केही महिना मात्रको समयमा सिम्प्लफाइकाे टुलले नसोचेको सफलता पायो, Forbes, PC World लगायतमा कभरेजसमेत भयो । 'यो नै हाम्रो टुर्निङ पोइन्ट थियो, यसकाे सफलतासँगै हामीहरूले २०१० को मध्यतिर इन्टरप्राइज भर्सनमा बिग डाटा एनालाइटिक्स सफ्टवेयर लन्च गर्याैं,' उनले सुनाए ।
इन्टरप्राइजेज भर्सनलाई ठूलो स्केलमा लैजाने योजना ल्याएका उनले सुरुका वर्षहरु निकै च्यालेनजिङ रहे। 'अपर्याप्त रेभेन्यु र सिमित कस्टमरका बाबजुद पनि हम्रो विश्वास्रलार्इ कायम राखिम् ‘वि नेभर गेभअप । कस्टमरलार्इ खुसी राख्न हरसम्भव प्रयास जारी राख्याैं, र नयाँ फिचरहरू उपलब्ध गराउँदै गयाैं, यो हाम्रो अग्निपरीक्षाको घडी थियो र यो नै हाम्रो यहाँसम्मको सफलताको कडी पनि हो’ लक्ष्मीले सुनाए ।
एउटा उद्देश्य लेउ, केबल सजिलो बाटो नरोज, आफूलार्इ चुनौती देउ । प्रयास गर्ने नै अगाडि बढछन्, सफल हुन्छन, प्रयासै नगर्ने त निश्चित रुपमा असफल हुन्छन्।
हाल बजारमा यस्ता इन्टरप्राइज टुल धेरै छन्, ओर्याकल, सेल्सफुडका साथै सिलिकन भ्यालीमा अवस्थित फन्डेड कम्पनीहरुले पनि यस्ता सोलुसन्स ल्याएका छन् । भारतको लिडर सिम्पिलफाईका लागि उनीहरु विश्वबजारमा प्रतिस्पर्धी हुन् । अमेरिका र सिंगापुरमा अफिस रहेकोे सिम्पिलफाईले अहिल आफ्नो उपस्थिति विश्वभर विस्तार गर्दै छ । ५० भन्दा बढी दक्षजनशक्ति रहेकाे सिम्पिलफाईसँग आगामी वर्षका लागि थप प्रोजेक्टहरु रोडम्यापमै छन्। उनीसँगै कम्पनीकाे सुरूवातदेखि संलग्न भूपेन्द्र खनाल र देव शेरचनकाे पनि कम्पनीमा उत्तिकै याेगदान छ ।
खतिवडा भन्छन, 'कुनै पनिआइडीया सफल हुनको लागि सबैभन्दा राम्रो कार्यान्वयन एबम् राम्रो सहकार्य आवश्यक छ। आत्मविश्वासका साथ अगाडि बढे सफल अवश्य भइन्छ ।' युवाहरूलाई उनकाे सल्लाह यो छ कि, 'एउटा उद्देश्य लेउ, केबल सजिलो बाटो नरोज, आफूलार्इ चुनौती देउ । प्रयास गर्ने नै अगाडि बढछन्, सफल हुन्छन, प्रयासै नगर्ने त निश्चित रुपमा असफल हुन्छन्।'
याे पनि पढ्नुहाेस् ः
नेपाली युवाहरुको अन्तरास्ट्रिय कम्पनी ‘सिम्लिफाई ३६०’ को सफलताको कथा – युथ सक्सेस स्टोरी