कीवर्डहरू -

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै सरकारले पोर्न साइट प्रतिबन्ध लगाउने काम गरिरहेको छ ।

जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा नेपाल टेलिकमको पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उद्घाटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको जानकारी दिए ।

उनले भने, ‘नेपाली समाजमा विकृति, भित्र्याउने साधन बनेका छन्। नेट इन्टरनेट यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग डरलाग्दो बन्दै छ, त्यसकारण हामी समाजलाई नकारात्मक सन्देश दिने, नेपाली समाजलाई मन नपर्ने साइट बन्द हुन्छन् ।’