नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियन २७० जना कर्मचारी माग गरेको हो ।
टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ ।
त्यस्तै टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ ।
त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई टेलिकममा रोजगारीको अवसर रहेको छ ।
टेलिकमले इच्छुक पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम समय मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिोने छ ।
आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।
इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । परीक्षाको दस्तुर नमस्ते पे, कनेक्ट आईपीएस, इसेवा र खल्तीबाट भुक्तानी गर्न सकिने छ । परीक्षा लोकसेवा आयोगकले तोकेको मिति, समय र केन्द्रमा काठमाडौंमा सञ्चालन हुनेछ ।
हेर्नुहोस् सूचना