कीवर्डहरू -

१ वर्ष सम्म मोबाइलबाट टाढा रहनेलाई १० हजार डलर पुरस्कारको घोषणा

१ वर्ष सम्म मोबाइलबाट टाढा रहनेलाई १० हजार  डलर पुरस्कारको घोषणा

के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो मानिस माेबायलकाे लत छुटाउन धेरै प्रयास गर्छन तर सक्दैन्न।

तर कोकाकोलाको ब्राण्ड भिटामिनवाटरले १ वर्षसम्म मोबाइलबाट टाढा रहने मानिसका लागि १० हजार डलरको पुरस्कार योजना ल्याएकाे छ। यो योजनामा भाग लिनका लागि मानिसले एक वर्षसम्म मोबाइल प्रयोग गर्न पाउने छैनन ।

यसमा पुरस्कार पाउनको लागि लाई–डिटेक्टर टेस्टमा पास हुनुपर्ने छ । जसमा मोबाइल फोन प्रयोग गरेको वा नगरेको भन्ने कुरा थाहा पाउन सकिन्छ । यो प्रतियोगितामा भाग लिने मानिसलाई १९९६ को सेलुलर टेलिफोन प्रयोग गर्नका लागि दिइन्छ । यस याेजनामा भाग लिनका लागि समाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट ह्यासट्याग 'नो फोन फर क इयर' र कन्टेस्टको प्रयोग गरी निवेदन दिन सकिने छ। साथै कम्पनीलाई स्मार्टफोन किन त्याग्न खोजेको र यसबाट बचेको समय के मा खर्च गर्ने भन्ने कुराको जानकारी पनि गराउनुपर्ने हुन्छ ।

भिटामिनवाटरका अनुसार आगामी जनवरी ८ भन्दा पहिला या याेजनामा सहभागी हुनकाे लागि आवेदन दिनुपर्ने छ । छनोट भएका मानिसहरुलाई कम्पनीले सम्पर्क गर्नेछ । यसका लागि कम्पनीसँग एक सम्झौता गर्नुपर्ने हुन्छ । जसमा एक वर्षसम्म स्मार्टफोनको प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो अवधिमा मानिसहरुले ल्यापटप तथा डेस्कटपको प्रयोग भने गर्न सक्नेछन।