कीवर्डहरू -

विराटनगरमा शनिवार अन्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन

विराटनगरमा शनिवार अन्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर ‘वर्डप्रेस’ सम्बन्धि एक दिने सम्मेलन आयोजना हुदैछ । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो ।


विराटनगरमा पहिलो पटक हुने यस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय विज्ञहरुको सहभागिता हुनेछ । एक दर्जनबढि देशहरुबाट आउने विज्ञहरुले वर्डप्रेस सम्वन्धि कार्यपत्र प्रस्तुत गर्ने, यसमा अन्तकृया गर्दै यसको सहि प्रयोग तर्फ सहभागिलाइ सचेत गराउनेछन ।

यस कार्यक्रममा ४ सयभन्दा बढिले सहभागिता जनाउनेछन । प्रविधिसम्बन्धी काम गर्ने विश्वव्यापी कम्पनी जेटप्याक, वुकमर्स, ब्लुहोस्ट, गोडेडिसहित सफ्टवेरिका कलेज, रारा थिम लगायतको सहयोगमा कार्यक्रम हुन लागेको संयोजक शान्डिल्या काफ्ले जानकारी दिए ।


कार्यक्रममा वर्डप्रेस सहित प्रविधिका विषयमा जानकारीहरु आदानप्रदान हुनेछ । यसै गरि वर्डक्याम्पकै अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट निशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने छ । वर्डप्रेसको म्युजियम र जब फेयर समेत कार्यक्रममा सञ्चालन हुनेछ । प्रदेश १ मा संचालन भइरहेका विभिन्न स्टार्टअप कम्पनीहरुको सामुहिक उद्घाटन कार्यक्रम समेत रहेको छ । आइटी क्विज, अनलाइन गेमहरु समेत सम्मेलनको आकर्षणको रुपमा रहेको आयोजक समितिका सुजित झाले बताए ।


वर्डक्यामको अघिल्लो दिन संचालन हुने प्रिपार्टी र क्याम्प सकिए पश्चात हुने आफ्टर पार्टी विराटनगरको पर्पल हेड्जमा हुनेछ । कार्यक्रममा प्लाटिनम स्पन्सरमा वुकमर्स, जेटप्याक, ओसन डब्लु पि, डब्लु पि इभेन्ट म्यानेजर, सफ्टवेयरिका कलेज रहेका छन । गोल्ड स्पन्सरमा गोड्याडि, सिल्भर स्पन्सरमा ब्लुहोस्ट, एफ थिम, रारा थिम, विडेभ्स, ब्रोन्ज स्पन्सरमा योस्ट एकाडेमी, सुपर्ब थिम्स, डब्लुपि ड्रिजल, पाइला टेक्नोलोजी रहेका छन् । यसैगरि पेमेन्ट पार्टनर इसेवा रहेको छ ।
कार्यक्रमका बारेमा थप जानकारीका लागि वर्डप्रेसको केन्द्रिय कार्यालयले उपलब्ध गराएको आधिकारीक वेबसाइट हेर्न सकिन्छ ।