कीवर्डहरू -

के हो PUBG गेम, किन बढीरहेको बिश्वमा यसको क्रेज ?

के हो PUBG गेम, किन बढीरहेको बिश्वमा यसको क्रेज ?

अहिलेका धेरै मानिसरहरु माझ एउटा लाेकप्रिय शब्द सुनिन्छ त्याे शब्द हाे PUBG । याे PUBG भनेकाे केहाे त आज हामी तपाईहरुलाई जानकारी दिदैछाै।

PUBG काे पूरा रुप भनेको Player Unknown's Battle Grounds हाे । PUBG भनेकाे एउटा गेम हाे। जुन इन्टरनेटकाे माध्यमबाट मात्र खेल्न सकिन्छ । याे गेम खेल्न माेबायलमा करिब २ जिबि र्यामकाे आवश्यकता पर्दछ । याे गेम विश्वमा करिब हरेक दिन २ कराेड व्यक्तिहरुले खेल्छन।

याे नेपाल सहित विश्वका अधिकांश देशमा खेलिन्छ । याे गेम सन २००० मा निर्मित जापानी चलचित्र ब्याटल राेयलमा आधारित छ। PUBG Game दक्षिण काेरियाकाे ब्लुहाेला कम्पनीको सहायक कम्पनी पबजि कर्पाेरेसन ले बनाएकाे हाे।

PUBG एउटा सुटर ब्याटल्स राेयल गेम हाे। PUBG गेममा १ सय जना खेलाडीलाई ब्याटल ग्राउन्डमा लड्न छाडिन्छ। उनिहरु सम्पुर्ण शक्ती लगाएर ब्याटलग्राउन्डमा लड्छन।

याे लडाइमा जाे अन्तिम समय सम्म बाँच्छ उ नै यस खेलकाे बिजेता हुन्छ। यसलाई प्लेस्टाेरमा २० कराेडभन्दा बढिले आफ्नाे माेबायलमा डाउनलाेड गरिसकेका छन। याे PUBG Game माेबायल ल्यापटप डेस्कटप सबै प्लेटफर्ममा उपलब्ध छ। विभिन्न साेसल मिडिया लगायत समाचार हरमा यसकाे चर्चा चुलिएको छ।

PUBG Mobile एन्ड्राेइड डिभाइसमा करिब १५ कराेडभन्दा बढि पटक डाउनलाेड भैसकेको छ। PUBG खेल तयार पार्ने कम्पनिले आगामी दिनमा पनि नयाँ नयाँ अपडेट लिएर आउने घाेषणा गरिसकेको छ।

कम्पनीले भर्खरै मात्र याे खेलमा नयाँ अपडेट दिएकाे छ।याे गेममा जतिनै हार्डवयर कन्फिगरेसन राम्रो हुन्छ त्यतिनै याे गेम खेल्न सहज हुन्छ।यसलाई खेल्न एन्ड्राेइड मा ५.१ अथवा त्याे भन्दा पनि अपग्रेड भर्जन पाउनकाे लागि निश्चित शुल्क तिर्नुपर्छ। अनलाइ बाटै पैशा तिरेर याे गेम कम्प्युटरमा पनि डाउनलाेड गरेर खेल्न सकिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार PUBG गेम खेल्दा खेल्ने व्यक्तिको मानसिक स्वास्थ्य बिग्रन सक्छ।