कीवर्डहरू -

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

काठमाडाैं । पुस १३ र १४ गते आइटी मिट २०१८ आयोजना हुने भएको छ ।

काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब र कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टको संयुक्त आयोजनामा हुन लागेको ८औं संस्करणको आइटी मिटको भव्य तयारी भइरहेको जानकारी आयोजकले दिएको छ ।

आइटी मिटमा कुल १६ इभेन्ट हुने छन् । यसअन्तर्गत ह्याकथन, कोडिङ क्याम्प, डिजा कम्पिटिशन, थ्रिडी एनिमेशन, हार्ढवेयर कम्पिटिशन, सफ्टवेयर कम्पिटिशन, करियर फेयर, आइटी क्विज आदि हुने छन् ।

त्यस्तै अल्मुनाई मिट, गुग्लिङ, फोटोग्राफी कम्पिटिशन, पब्जी गेम, काउन्टर स्ट्राइक, आइडिया पिचिङ, स्टार्टअप कम्पिटिशन, फिफा १९, डोटा २ लगायतमा पनि प्रतिष्पर्धा गराइनेछ ।

यसको उद्धेश्य आइटी तथा इन्जिनियरिङ क्षेत्रमा लाग्न विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु रहेको छ ।

थप जानकारीका लागि ः https://itmeet.ku.edu.np/