कीवर्डहरू -

म्याकक्याफेका नयाँ भर्सनका सेक्युरिटी प्रडक्टहरु नेपाली बजारमा  

म्याकक्याफेका नयाँ भर्सनका सेक्युरिटी प्रडक्टहरु नेपाली बजारमा  

काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु अझ परिमार्जित र अपडेटेड भर्सनमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । विहिबार होटल अन्नपुर्णमा एक विशेष कार्यक्रमको आयोजना गरि ४ वटा नयाँ प्रडक्टहरु सार्वजनिक गरिएको हो ।

म्याकक्याफेका साउथ एसिया विजनेश म्यानेजर सन्दिप धर, प्रडक्ट म्यानेजर सर्भेस बासुत्कार, स्वेता कम्प्युटर भारतका एमडी ललित कोथारी र क्यान महासंघका महासचिव रञ्जित पोदार र नेपालको लागि आधिकारिक बिक्रेता एलिना इन्फोटेकका एमडी राजन यादवले संयुक्तरुपमा प्रडक्ट सार्वजनिक गरेका थिए । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोवाइल सेक्युरिटी गरि ४ प्रडक्टहरु सार्वजनिक गरेको हो ।

डिजिटल युगमा सेक्युरिटी त्यत्तिकै चुनौतीको विषय बनिरहेको सन्दर्भमा म्याकक्याफेले हाम्रो दैनिक डिजिटल लाइफलाई सुरक्षित बनाउने एलिना इन्फोटेकका एमडी राजन यादवले बताए । दुई वर्षदेखि नेपाली बजारमा आधिकारिक वितरकको काम गरिरहेको भएपनि अब म्याकक्याफेका प्रडक्टहरु देशभर विस्तार भएको जानकारी दिए ।

बजार मुल्य अन्य सेक्युरिटी प्रडक्टको तुलनामा कम भएपनि यसको विशेषता र सर्पोट एकदमै राम्रो रहेको बताए । माइक्रोसफ्ट, इन्टेल जस्ता कम्पनीको समेत सहकार्य रहेको यो प्रडक्ट नेपाली बजारको लागि उपयुक्त रहेको बताए ।

विश्वमा ४५० मिलियन मानिसहरुले म्याक्याफे प्रडक्ट प्रयोग गरिरहेका छन । नेपालमा पनि लाखौ संख्यामा यसका प्रयोगकर्ता रहेका छन । विश्वमा नै उत्कृष्ट सेक्युरिटी प्रडक्टमा सुचिकृत यो नेपालको लागि पनि विश्वासिलो प्रडक्ट रहेको साउथ एसिया म्यानेजर सन्दिप धरले बताए ।  हाम्रो दैनिक जिवनशैलीमा प्रयोग गर्ने डिजिटल डिभाइसहरुबाट यसले सुरक्षित राख्नेछ ।

‘लाइभ केयर फ्रि विथ म्याकक्याफे’ योजना अन्तगर्त एन्टि स्पाम, वेब एड्भाइजर, प्यारेन्टल कन्ट्रोल, पासवर्ड म्यानेजर, फाइल लक तथा एन्टिभाइरसका विशेषता रहेका छन । यसमा नेक्ष्ट जेन एभि विथ रियल प्रोटेक्टको सुविधा रहेको छ ।

यसैगरी ग्लोबल थ्रेट इन्टेलिजेन्जले कुनै रिस्कहरु नोटिफाइ गर्दछ । यसको २४ घन्टा नै अनलाइन सपोर्ट उपलब्ध छ । यसमा रहेको श्रिडर टुल र सेक्युरिटी म्यानेजमेन्ट कन्सोलले महत्वपुर्ण फाइलहरुलाई प्राइभेसी सहित प्रोटेक्ट गर्ने र वेबपेजबाट नै सबै सेक्युरिटी म्यानेज गर्न सकिने सुविधा रहेको धरले जानकारी दिए ।

सार्वजनिक कार्यक्रमसँगै आयोजित डिलर्स एप्रिसिएसन नाइटमा देशभरका सयौ डिलर्सहरुको सहभागिता रहेको थियो । यस अवसरमा देशभरनै अझ राम्रो बजारिकरण गर्दै प्रडक्टलाई बिस्तार गर्ने कम्पनीले जनाएको छ ।

एलिना इन्फोटेक विगत एक दशकभन्दा लामो समयदेखि प्रदेश १ मा रहि देशभर आइटी व्यवसाय गर्दै आइरहेको कम्पनी हो । पछिल्लो समय एलिना इन्फोटेकले म्याकक्याफेको आधिकारिक बिक्री वितरण सुरु गरेको हो ।