कीवर्डहरू -

टिकटक लाई टक्कर दिन फेसबुक ले ल्यायो नयाँ एप

टिकटक लाई टक्कर दिन फेसबुक ले ल्यायो नयाँ एप

काठमाडौ । फेसबुकले लास्साे नामक आफ्नाे नयाँ एप सार्वजनिक गरेकाे छ। याे एपबाट छाेटाे समयकाे भिडियो बनाउन तथा सेयर गर्न सकिन्छ। लास्साे एप लाई टिकटक काे प्रतिस्पर्धा काे रुपमा हेर्न थालिएको छ। याे एपमा टिकटककाे जस्तै इफेक्ट र फिल्टर्स हरु उपलब्ध रहेकाे छ। फेसबुकले सार्वजनिक गरेकाे याे एपमा भिडियो सम्पादन टुल्स मार्फत भिडियो मा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा रहेकाे छ। लास्साे एप अहिलेलाइ अमेरिकी प्रयाेगकर्तालाई मात्र उपलब्ध रहेकाे छ। याे एप एन्ड्राेइड र आइओएस दुबै अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ। फेसबुकले अहिले प्रयाेगकर्ताबाट सुझाब तथा गुणासा हरु संकलन गरिरहेकाे छ। याे एप चलाउनकाे लागि फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गर्न सकिने छ।