कीवर्डहरू -

क्यान इन्फोटेक बिराटनगरमा सुविसुको शिर्ष प्रायोजन

क्यान इन्फोटेक बिराटनगरमा सुविसुको शिर्ष प्रायोजन

विराटनगर, २३ पुस,
विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुदैछ । पुस १९ देखि २३ गते अर्थात तदनुसार ३ देखि ७ जनवरीसम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ । 


१ सय २० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । अहिलेसम्म ६० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शैरभ गोल्छाले जानकारी दिए । 


क्यान महासंघ मोरङले आयोजना गरेको सुविसु क्यान इन्फोटेक २०१९ प्रदेश स्तरिय हुने आयोजकले जनाएको छ । विराटनगर स्थित जैनभवनमा आयोजना हुने इन्फोटेकमा दर्जन बढि आकर्षणका विषयहरु समावेश गरिएको छ । इन्फोटेक अवलोकनकर्ताहरुले लक्की ड्रमा दुबई भ्रमणको ट्रिप समेत जित्न सक्नेछन । रोबोकप, ह्याकथुन, पब्जी गेम कम्पिटिशन, स्मार्ट सिटी भिडियो कम्पिटिशन लगायतका आकर्षणहरु रहेको आयोजकले जनाएको छ ।


विराटनगरको क्यान इन्फोटेकमा जेननेक्ष्ट प्लाटिनम स्पोन्सरमा रहेको छ भने टेल्ली, डेल्टा टेक, हाइसेन्स, खल्ती र एक्स्पर्ट एजुकेशनको सहयोग रहेको छ । यसैगरी प्रदेश नम्बर १ , विराटनगर महानगरपालिका र नेपाल प्रहरीको पनि सहयोग रहेको छ ।  धेरै वर्षको अन्तराल पछि भएको यो इन्फोटेक प्रदेश एक कै स्तरिय प्रविधि मेलाको रुपमा आयोजना हुने क्यान मोरङका अध्यक्ष राजन यादवले बताए । २ लाख मानिसहरुले इन्फोटेकको अवलोकन गर्ने यादवको भनाई छ ।