कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान

प्रिक्सा टेक्नोलोजिज ले सोमबार काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका लागि रु. , ००० ( सत्तरी हजार ) बराबरको “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान गरेको छ ।

यस पुरस्कारको प्रमुख द्धे श्य काठमाडौँ विश्वविधालयमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको अध्ययनका क्रममा प्रिक्साको सहयोग र सहकार्य मार्फत अझै सशक्त एवम् गुणस्तरीय प्रोजेक्टहरु निर्माण गर्नमा टेवा दिनु रहेको छ ।

धुलिखेल (काभ्रे) स्थित काठमाडौँ विश्वविद्यालय को सी.भी. रमण हलमा आयोजित कार्यक्रममा विश्ववि द्या लयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुले प्रत्येक वर्ष समुहगत रुपमा तयार पारेका छुट्टाछुट्टै एक एक उत्कृष्ट प्रोजेक्ट लाई “ प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । यस अन्तर्गत दोश्रो वर्षको उत्कृष्ट ले रु.२० , ००० (बीस हजार रुपैयाँ) र तेश्रो वर्षको उत्कृष्ट ले रु.५० , ००० (पचास हजार रुपैयाँ) नगद र प्रमाणपत्र प्राप्त गरेका छन्

कार्यक्रममा काठमाडौँ विश्ववि द्या लयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख डा. बाल कृष्ण बालले भन्नु भयो , यस अवार्डले विद्यार्थीहरु मा थप उर्जा तथा प्रोत्साहन प्रदान गरेको छ ।

यसका लागि प्रिक्सा समूहलाई धेरै धन्यवाद । यसकासाथै कार्यक्रममा उपस्थित स्कुल अफ इन्जिनियरिङ का डीन डा. डम्बर बहादुर नेपालीले यस सहकार्यले विद्यार्थीहरुमा प्रयोगात्मक शिक्षा र व्यावसायिकता जगाउन मद्दत गरेकोमा सराहना व्यक्त गर्नु भयो ।

निर्णायक मण्डलमा रहेका प्रिक्साका प्रमुख कार्यकारी अधिकृत, मनिष कुमार शर्माले चुनिएका प्रोजेक्टहरुमा टिकाटिप्पणी गर्दै आउदा दिनहरुमा कार्यक्रम अझै शसक्त रुपमा अघि बढ्ने आशा व्यक्त गर्नुभयो ।

साथै प्रिक्साका कम्पनी ब्यापार प्रबर्धन विभाग प्रमुख , प्रयास राज कोइरालाले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काठमाडौँ विश्वविद्याल यमा मात्र नभई नेपालको समग्र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नका निम्ति अन्य सहकार्य अगाडी बढाउदैँ जाने बताउनु भयो ।

पाँच वर्ष अघि नेपाली यूवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजिज सफ्टवेयर , वेभ सिस्टम , कन्टेन्ट म्यानेजमेन्ट सिस्टम , बिग डाटा , क्लाउड इन्फ्रास्ट्रकचार म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

हाल कम्पनीले थाहाखबर , रातोपाटी , उज्यालो अनलाइन , लोकान्तर सञ्चार लगायत दर्जनौं अनलाइन सञ्चारमाध्यम तथा संघसस्थासँग सहकार्य गरिरहेको छ ।