कीवर्डहरू -

5G सपोर्ट गर्ने पहिलो प्रोसेसर सार्वजनिक

5G सपोर्ट गर्ने पहिलो प्रोसेसर सार्वजनिक

काठमाडौ । विश्वमा छिटै नै 5 जि प्रविधि आउने कुरा चलिरहदा प्रोसेसर निर्माता कम्पनी क्वाल्कमले 5 जि सपोर्ट गर्ने पहिलो स्मार्टफोन प्रोसेसर स्न्यापड्रयागन ८५५ रिलिज गरेको छ |

यसमा क्वालेकम काइराे ४८५ CPU प्रयाेग गरिएको छ जुन पहिलेकाे प्राेेसेसर भन्दा ४५ % फास्ट हुनेछ। यसमा एड्रेनो ६४० GPU को प्रयोग गरिएको छ जुन पहिलेको भन्दा २०% फास्ट हुनेछ। याे प्राेसेसरले गेमिङ परफरमेन्स मा बिशेश सुधार ल्याएकाे छ। यसले गर्दा क्यामरामा HDR10+ को सपोर्ट र १ अर्बभन्दा बढी रंगहरु छुट्टाउन सक्ने छ। यसले एआईकाे लागि हेक्सागन प्राेसेसरकाे प्रयाेग गरेकाे छ। यसमा 8K सम्मका भिडियोहरु चलाउन सकिने छ। याे प्राेसेसरमा डिस्प्ले भित्रे फिंगरप्रिन्ट स्क्यानर उपलब्ध हुनेछ जसकाे लागि क्वालकम थ्रिडि साेनिक सेन्सर प्रयाेग गरिएको छ। यसले क्यामेरामा २२ MP को दुईवटा क्यामरा र ४८ MP को एउटा क्यामरा सपोर्ट गर्नेछ।याे प्राेसेसरमा २.८४ GHz सम्म पुग्नसक्ने प्राइम प्रोसेसर कोर , २.४२ GHz मा काम गर्ने ३ वटा परफरमेन्स कोर र १.८ GHz मा काम गर्ने ४ वटा स्लो कोरहरु काे यसमा राखिएको छ।

छिटाे चार्ज र नयाँ वाइफाइ 802.11aX काे सपाेर्ट गर्नेछ। याे प्राेसेसरले स्पिड बढाउनुका साथै उर्जा खपत पनि कम गर्नेछ। याे प्राेसेसर अब नयाँ आउने माेबायलमा प्रयाेग गर्ने आशा गरिएको छ।