कीवर्डहरू -

Youtube च्यानलका सब्सक्राइबर अब घटने

Youtube च्यानलका  सब्सक्राइबर अब घटने

काठमाडौ । विश्वमा धेरै हेरिने सामाजिक सञ्जाल युयुटबले फेरि नयाँ नियम ल्याउने भएकाे छ। गुगलले स्पाम र फेक युयुटुब एकाउन्ट बन्द गर्न लागेकाे छ। यसरी फेक र स्पाम एकाउन्ट बन्द गरेपछि धेरै च्यानलको सब्सक्राइब घटने विश्वास गरिएको छ। यसरी यी एकाउन्ट हटाएपछि युयुटुब निस्पक्ष रहने गुगुलले विश्वास लिएकाे छ।

अब देखि गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । कुनै पनि अकाउन्टलाई शंकालाग्ना साथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हटनेछ। फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । यदि च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिने छ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने छ ।