कीवर्डहरू -

विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

मोरङ । आगामी पुस १९ देखि हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ को तयारी तिव्र पारिएको छ । विराटगरस्थित जैनभवनमा हुने इन्फोटेकको प्रचारप्रसार कार्यक्रमलाई ब्यापक बनाइएको छ भने स्पोन्सर र स्टल बुकिङ लगभग अन्तिम चरणमा रहेको छ ।

अब स्टल निर्माणको कार्यलाई तिव्रताका साथ लैजाने जानकारी क्यान महासंघ मोरङका सचिव सुमितकुमार साहले दिए । इन्फोटेकमा दर्जनभन्दा बढी आकर्षणका विषयहरु समावेश गरिएका छन् । इन्फोटेक अवलोकनकर्ताले लक्की ड्रमा दुबई भ्रमणको ट्रिप समेत जित्न सक्नेछन् ।

क्यान इन्फोटेकलाई प्रडक्ट बेच्ने थलोको रूपमा नभई विभिन्न नयाँ प्रविधिको प्रदर्शनीको अलावा रोबोकप, ह्याकथन, पब्जी गेम, भिडियो च्यालेन्ज जस्ता कम्पिटिशन समावेश गरी नयाँ तरिकाले आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

१ सय २० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक संस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन् । अहिलेसम्म ५० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शौरभ गोल्छाले जानकारी दिए ।

विराटनगरको क्यान इन्फोटेकमा जेननेक्ष्ट प्लाटिनम स्पोन्सरमा रहेको छ भने टेल्ली, डेल्टा टेक, हाइसेन्स, खल्ती र एक्स्पर्ट एजुकेशनको सहयोग रहेको छ । यसैगरी प्रदेश नम्बर १, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको पनि सहयोग रहेको छ ।

धेरै वर्षको अन्तरालपछि भएको यो इन्फोटेक प्रदेश १ कै स्तरीय प्रविधि मेलाको रुपमा आयोजना हुने क्यान मोरङका अध्यक्ष राजन यादवले बताए । २ लाख मानिसले इन्फोटेकको अवलोकन गर्ने यादवको भनाइ छ । क्यान मोरङको आयोजना हुने कार्यक्रममा लिभिङ विथ आइसिटी सह–आयोजकको रुपमा रहेको छ ।