कीवर्डहरू -

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने 

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने 

सरकारले काठमाडौं उपत्यकामा गुडाउने गरी ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।


काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न यस्तो निर्णय लिइएको भनाई उनको थियो।‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ,’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने ।

सार्वजनिक यातायातमा ठूला र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ।


त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने ध्येय सहित यातायात प्रधिकरण गठन गर्ने पनि निर्णय भएको उनले बताए।