कीवर्डहरू -

शनिवार नेस्को आइटी २०१८ 

शनिवार नेस्को आइटी २०१८ 


आइटी विद्यार्थीहरुमाझ लोकप्रिय इभेन्ट नेस्को आइटीको नवौं संस्करण यहि डिसेम्बर २९ मा आयोजना हुदैछ । पार्क भिलेज रिसोर्टमा आयोजना हुने कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सन २००३ देखि एनसिआइटीले NaSCoIT (National Students conference On Information Technology) को आयोजना गर्दै आएको छ । अन्तर्रा्िष्ट्रयस्तरको यो संस्करणको कन्फरेन्सको थिम ’आइसिटी फर स्मार्ट कम्प्युटिङ’ रहेको छ । यो चौथो अन्तराष्ट्रिय कन्फ्रेन्स हो ।


कार्यक्रममा अन्तराष्ट्रिय विज्ञहरुको समेत सहभागिता रहने छ । 'कि नोट' स्पिकरको रुपमा एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाह रहेका छन । यसैगरी देशविदेशबाट ६० भन्दा बढि पेपरहरु प्राप्त भएको यसमध्थे उत्कृष्ट कन्फ्रेन्समा प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ ।


मोबाइल कम्युटिगं, स्मार्ट कम्युटिगं, क्लाउड कम्प्युटिगं, ग्रिन कम्प्युटिगं, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किगं, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइीसटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गर्ने आयोजकले जनाएको छ । आइटी विद्यार्थी, सरोकारवाला र रिसर्चमा काम गर्ने व्यत्तिहरुको लागि यो महत्वपुर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल निरञ्जन खकुरेलले बताए ।