कीवर्डहरू -

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया शुरू, मन्त्रालयले माग्यो दरखास्त

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया शुरू, मन्त्रालयले माग्यो दरखास्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले नेपाल टेलिकमको बन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आगामी पुस २२ गते सकिदै छ । त्यसकारण सरकारले सूचना निकाल्दै प्रबन्ध निर्देशक नियुक्तको तयारी थालेको हो ।

पउक्त पदका लागि ३५ वर्ष पुरा भएर ५६ वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने छन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै एक विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिले गरेका व्यक्तिले आवेदन दिन पाउने छन् ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकिय पदमा कम्तीमा कम्तीमा ३ बर्षसहित १२ बर्ष काम गरेको हुनुपर्नेछ ।

तर त्यस्तो अवधिमध्ये व्यवस्थापकिय पद भन्नाले तहगत व्यवस्था भएका निकायको हकमा दशौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिको पद बुझाउनेछ ।

पुस ७ गते बुधबार दिनको चार बजेसम्म मात्र दरखास्त पेश गर्न सकिने छ । दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वयन शाखा सिंहदरबारमा बुझाउन सकिने छ ।

हेर्नुहोस् सूचना

\"\"