कीवर्डहरू -

वेबसाइट, एप र सफ्टवेयर निर्माणमा क्रियाशील अाइटी स्टार्टअप : प्रोलोजिक सोलुसन्स

वेबसाइट, एप र सफ्टवेयर निर्माणमा क्रियाशील अाइटी स्टार्टअप : प्रोलोजिक सोलुसन्स

पाटन संयुक्त क्याम्पसबाट बीएससी सिएसआइटी सकेका दुईजना आइटी ग्य्राजुएटले स्थापना गरेको स्टार्टअप कम्पनी हो, प्रोलजिक सोलुशन्स । टेकराज गुरागाईं र नितेश दाहालले बिएससी सिएसआइटीको अन्तिम वर्षको प्रोजेक्टसँगै आफैले स्टार्टअप कम्पनी खोल्नुपर्ने सोच राखे । व्यावसायिक रूपमा सफल हुन स्टार्टअपका धेरै चुनौती हुने महसुस गर्दै यी दुईले पर्याप्त शीप नलिई सुरु गर्दा बिग्रने पो हो कि भनेर इन्टर्नसिप र नाम चलेका आइटी कम्पनीमा जागिर पनि गरे । \"\"

लगभग दुई वर्षको आइटी करिअर र इन्टर्नसिपसमेतको अनुभव लिई सन् २०१५ मा दर्ता भयो प्रोलजिक सोलुशन्स । अर्को कम्पनीमा पूर्णकालीन काम गरेका यी दुईजनाले बिहान/बेलुका आफ्नो कम्पनीमा समय दिन्थे ।

काठमाडौंको नयाँ बानेश्वोरस्थित प्रोलजिक सोलुशन्सले नेपालका विभिन्न क्षेत्रलाई प्राविधिमार्फत कसरी सजिलो र सरल बनाउन सकिन्छ भनेर लागेको छ । विभिन्न क्षेत्रहरूलाई प्रविधियुक्त बनाउने उद्देश्यका साथ सुरु भएको यो कम्पनीले सर्वप्रथम नेपालको शिक्षा, पत्रकारिता, मनोरञ्जन र पर्यटन क्षेत्रमा काम गरिरहेको छ ।

बजार
कम्पनीले विभिन्न सेवाग्राहीको काम गरिरहेको छ । सेवाग्राहीहरूको राम्रो प्रतिक्रिया पाउनु नै कम्पनीका लागि राम्रो बजार बनेको छ । कम्पनीबाट बनेका दुई अनलाइन पाेर्टलहरू जम्मा लगभग ५०००० पटक भिजिट भएको र नेपालका चलेको र ठूला कम्पनीका कम्पनीका विज्ञापन पाइरहेका छन् । आफ्नो प्रडक्टको परिप्रेक्ष्यमा भर्खर मात्र सार्वजनिक गरिएकाले केकस्तो बजार लिन्छ भन्ने तर्जुमा भइसकेको छैन । College pro का लागि भने अन्य कलेजहरूबाट समेत माग भइरहेको छ ।

चुनौती पनि
नेपालमा अझै पनि प्रविधि र प्रविधियुक्त प्रयोग ग्राह्रो छ भन्ने प्रोलजिकको अनुभव छ । धेरै ठाउँमा प्राविधिक क्षेत्रमा लगानी गर्न डराउने र हिच्किचाउने प्रवृत्ति नेपालमा देखिएको छ । अर्को मुख्य समस्या भनेको सेवाग्राहीले आफूलाई के चाहिएको भन्ने राम्रो अध्ययन नगरी लिने र पछि पूर्ण छैन भन्ने प्रवृत्तिसमेत देखिएको छ । प्राविधिक जनशक्ति राख्नुपर्ने र प्रणालीको मूल्यसमेत तिर्नुपर्ने भएकाले बाहिर जतिसुकै प्रविधियुक्त छ भनेर विज्ञापन गर्ने संघसंस्थासमेत प्रणाली राख्न र कार्यान्वयन गर्न हिच्किचाउने गरेको अनुवभ प्रोलजिकको रहेको छ । स्टार्टअप गर्दा मुख्य समस्या भनेको आर्थिक अभाव हो । कम्पनी सुरु गर्दासमेत आर्थिक अभावमा धेरै अाइडियाहरू स्टार्टअप कार्यान्वयन हुन सकेका छैनन् । आफ्नै अाइडिया र प्रडक्टमा काम गर्दा अाइडिया विकसित नहुँदासम्मको मूल्य बेहोर्ने प्रकिया नहुँदा धेरै स्टार्टअपहरू क्लाइन्ट बेस्ड वा freelancing काम गरिरहेको हुन्छन् ।

योजना
प्रोलजिक सोलुशन्सको मुख्य योजना भनेकै विभिन्न क्षेत्रलाई प्रविधिमैत्री बनाउनु हो । हाल विकास गरिएका प्रडक्ट र सफ्टवेयरहरूलाई बजार विस्तार गर्दै अन्य नयाँ क्षेत्रलाई समेत प्रविधियुक्त बनाउने कम्पनीको योजना छ । आगामी दिनमा अझै उत्कृष्ट सफ्टवेयर प्रणालीको विकास गरी बजारमा ल्याउने कम्पनीको योजना छ । साथै मानवजीवनलाई सरलीकरण गर्न मोबाइल एपहरू क्रमशः विकास गर्ने कम्पनीको योजना छ ।

कम्पनीका प्रडक्ट
शिक्षाक्षेत्रअन्तर्गत समग्र एउटा शैक्षिक संस्थालाई प्रविधियुक्त बनााउन कम्पनीले कलेज प्रो (college pro) नामक सिष्टम अघि सारेको छ । यस प्रणालीअन्तर्गत कुनै पनि एउटा शैक्षिक संस्थाले आफूलाई पूर्र्ण रूपमा प्रविधियुक्त बनाउन सक्छन् । कम्पनीले प्रणाली चाहने शैक्षिक संस्थालाई वेबसाइट, मोबाइल एप्लिकेशन र यी दुवैलाई सञ्चालन गर्ने सञ्चालन प्रणाली (CMS) यो प्याकेजअन्तर्गत प्रदान गर्छ । हालसम्म दुईओटा कलेजमा सफल रूपमा कार्यन्वयन गरिएको यो प्रणाली अन्य कलेजहरूमा क्रमबद्ध रूपमा लैजाने कम्पनीको योजना छ । साथै कम्पनीले कुनै पनि संघसंस्थाको हाजिरीलाई कसरी अझ व्यवस्थित र सरल बनाउन सकिन्छ भन्ने मनन गरेर विश्वस्तरीय QR code लाई हाजिरी गर्न माध्यम बनाएर Pro-attendence नामक प्रणाली परीक्षा गरिरहेको छ । यो प्रणालीमा कुनै पनि Biometic Device को खाँचो पर्दैन । तपार्इं हाम्रा लागि अत्यावश्यक बनिसकेको स्मार्टफोनले नै तपाईंको हाजिरी गरिदिन्छ । यो प्रणाली चाँडै नै बजारमा ल्याउने कम्पनीका सिइओ टेकराज गुरागार्ईंले बताए । \"\"

मनोरञ्जन क्षेत्रअन्तर्गत कम्पनीले विभिन्न अडियोभिडियो कम्पनीको सहकार्यमा ती कम्पनीका कन्टेन्टहरूलाई प्रयोगकर्ताहरूसम्म पु¥याउन प्रविधिको प्रयोग गरिरहेको छ । यसैअन्तर्गत कम्पनीले PNP khabar वेबसाइट र मोबाइल एप तयार गरेको थियाे । राजधानीका पत्रपत्रिका धमाधम अनलाइन भर्सनमा गइरहेको र प्रविधियुक्त भइरहेका सन्दर्भमा मोफसलमा समेत ध्यान दिनुपर्छ भन्ने धारणाअनुरूप कम्पानीले पत्रकारिता क्षेत्रमा समेत काम गरिरहेको छ । मोफसलका विभिन्न पत्रपत्रिकालाई Online news portal मा परिवर्तन गर्ने कार्य पनि कम्पनीले गरिरहेको छ ।

तत्काल बढी सेवाग्राहीप्रति समर्पित भएर काम गर्दागर्दै कम्पनीले बेलाबेला आफ्नै प्रडक्टसमेत ल्याउने गरेको छ । धेरै व्यक्तिले बेलाबेला आफ्नो दैनिक हिसाबकिताब राख्दैनन् र कुनै कारोबार गरेको बिल समेत हराउने समस्याको मनन गर्दै कम्पनीले Pocket Bill नामक एन्ड्रोइड एप सार्वजनिक गरेको थियाे । यो एपमार्फत तपाईंले आफूले गरेको सानोभन्दा सानो कारोबारसमेत बिलसहित अभिलेख राख्न सक्नुहुन्छ । कारोबारको विवरण भरिसकेपछि तलको बिलको फोटो खिच्ने बटनमा गएर बिल खिचेर कारोबार सुरक्षित राख्न सकिन्छ । यो एप व्यक्तिदेखि विभिन्न संघसंस्थालाई समेत काम लाग्न सक्छ । याेसँगै यस कम्पनीले  थुप्रै अाइटीसम्बन्धी कामलार्इ निरन्तरता दिइरहेकाे छ । पछिल्लाे समय उसले School Result Software ल्याएकाे थियाे ।

प्राेलाेजिकले बनाएकाे लिभिङ विथ अाइसिटीकाे माेबाइल एप विहीबार सार्वजनिक गरिएकाे थियाे । कम्पनीबारे विस्तृत जान्न prologicnepal.com भिजिट गर्नुहाेस् । \"\"