कीवर्डहरू -

शुक्रवार र शनिवार केयुमा आइटी मिट २०१८

शुक्रवार र शनिवार केयुमा आइटी मिट २०१८

पुस १३ र १४ गते आइटी मिट २०१८ आयोजना भइरहेको छ । काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब र कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टको संयुक्त आयोजनामा हुन लागेको ८ औं संस्करणको आइटी मिटको भव्य रुपमा सुरु हुने आयोजकले जानकारी दिएको छ । 


आइटी मिटमा कुल १६ इभेन्ट हुने छन् । यसअन्तर्गत ह्याकथन, कोडिङ क्याम्प, डिजा कम्पिटिशन, थ्रिडी एनिमेशन, हार्ढवेयर कम्पिटिशन, सफ्टवेयर कम्पिटिशन, करियर फेयर, आइटी क्विज आदि हुने छन् ।


त्यस्तै अल्मुनाई मिट, गुग्लिङ, फोटोग्राफी कम्पिटिशन, पब्जी गेम, काउन्टर स्ट्राइक, आइडिया पिचिङ, स्टार्टअप कम्पिटिशन, फिफा १९, डोटा २ लगायतमा पनि प्रतिष्पर्धा गराइनेछ । यसको उद्धेश्य आइटी तथा इन्जिनियरिङ क्षेत्रमा लाग्न विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु रहेको छ ।