कीवर्डहरू -

स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८

स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८

हालको सहरी समस्यालाई प्रविधिमा रुपमा समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८” कार्यक्रम शुरु गरेको छ ।


प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको विषयवस्तु अनुसार मुल्यांकन गरीे सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछन् ।


पहिलो चरणमा कम्तीमा १०० वटा नयाँ सोच ल्याउने युवाहरुको समूहलाई छनौट गरी विज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । यस प्रतियोगीताको लागी नयाँ सोचहरु भएको युवाहरुले यही आउँदो पुष ३० गतेभित्र वेभपेज मार्फत रिजिस्ट्रशन गरी सक्नुपर्नेहन्छ । यो प्रतिस्पर्धा ६ महिनाको लामो समय सम्म चल्नेछ ।


उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य रहेको छ । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई १ लाख रुपैयाँ प्रदान गर्नेछ ।

च्यालेन्जमा सहभागिता जनाउन १४ जनवरी २०१९ सम्म एप्लाई गरिसक्नु पर्नेछ, त्यसको लागि यो लिंकमा क्लिक गर्नुहोस  ।