कीवर्डहरू -

नेस्को आइटी २०१८ सम्पन्न

नेस्को आइटी २०१८ सम्पन्न

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको नवौँ नेस्नल स्टुडेन्टस् कन्फरेन्स् अन इन्फर्मेसन टेक्नोलाजी(नेस्को आइटी)– चौथो इन्टरनेस्नल आइटी कन्फरेन्स् अन आइसीटी विथ स्मार्ट कम्प्युटिङ शुक्रबार काठमाडौंमा(१३ पौस,२०७५ गते)  सम्पन्न भएको छ । 
विद्यार्थीहरु र अनुशन्धानकर्ताहरुलाई अवधारण,क्षमता र आत्मविश्वास विकास गर्न बनाइएको यस फोरमको यो चौथो अन्तर्राष्ट्रियस्तरको संस्करण हो । बूढानिलकठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुसहित करिब तीन सय जनाको सहभागिता थियो ।

‘किइ नोट’ वत्ताका रुपमा रहका एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मुहम्मद अबूलाशले ‘स्मार्ट कम्प्युटिङ–स्मार्ट लिभिङ विथ कम्प्युटिङ’को बारेमा प्रकास पार्दै वर्तमान अवस्थामा आइसीटीले खेलेको भूमिका बारे जानकारी दिनुभयो । कार्यक्रममा सत्र कुर्सी (सेसन च्येर)का रुपमा डा.अरुण तिमल्सिना, डा. बसन्त जोशी र इन्जिनियर डिल्ली रमन निरौलो हुनुहुन्थ्थो । एनसिआइटीका प्रमुख निरञ्जन खकुरेलले आइटी विद्यार्थी, सरोकालवाला र रिसर्चमा काम गर्ने व्यक्तिहरुका लागि यो फोरम महत्वपूर्ण प्लेटफर्म भएकोे बताउनुभयो ।

कार्यक्रममा विभिन्न शोधकर्ताहरुले मोबाइल कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, ग्रिन कम्प्युटिङ, विग डाटा, अप्टिकल कम्युनिकेशन एन्ड नेटवर्किङ, नेटवर्किङ एन्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइसिटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा आ–आफ्नो अनुशन्धान पत्र प्रस्तुत गर्नुभएको थियो ।