कीवर्डहरू -

१ जीबीपीएस सम्म स्पीड भएको इन्टरनेट ल्याउँदै क्लासिटेक, के के हुने छन् सुविधा ? 

१ जीबीपीएस सम्म स्पीड भएको इन्टरनेट ल्याउँदै क्लासिटेक, के के हुने छन् सुविधा ? 

क्लासिक टेकले नयाँ पुस्ताको प्रविधि वाईपाई सिक्ससहित टालियन १ जीबीपीएस इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरेको छ ।

नेपालमा सन् २००९ देखि सेवा शुरू गरेको देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक टाकियन १ जीबीपीएस इन्टरनेट ल्याउने भएको हो ।

कम्पनीले टायकिन १ जीबीपीएस इन्टरनेट प्रविधि भित्राउन अन्तिम परीक्षण गरिरहेको छ । वाईफाई ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफोर्मिङ, एमयु-एमआईएमओ लगायतका सुविधाहरू रहने छन् ।

सो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपीएससम्म रहनेछ ।

पहिलो चरणमा क्लासिकटेकले १ जीबीपीएस सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले  इन्टरनेट  प्रयोग गर्न सक्षम हुनेछन् ।

वाइफाइ सिक्सले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै-प्रयोगकर्ता, धेरै-इनपुट, धेरै-आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ । यसका कारण  कुनै सिग्नल लागि पर्खनु पर्ने समय घटाउँने र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने जनाइएको छ ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका डुअल ब्याण्डका राउटरहरू विश्चापित गराइ नेपालभर ट्राई-ब्याण्ड राउटरहरू प्रयोगमा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

ट्राइ-ब्यान्डमा २.५ गिगाहर्ज ब्याण्ड र ५ गिगाहर्ज ब्यान्डहरू गरी तिनवटा अलग अलग सिगनल ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै हाई स्पीड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् ।

यो प्रविधि पश्चात ग्रहकहरूलाई बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।

१२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको छ । दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ ।