कीवर्डहरू -

गुल्मीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय

गुल्मीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय

गुल्मी । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नयाँ शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो ।यस शाखा कार्यालय उद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।