कीवर्डहरू -

सुपर कम्प्युटर अब आइटी पार्कमा

सुपर कम्प्युटर अब आइटी पार्कमा

बनेपा । काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएको छ । यसबाट नेपाल पनि सुपर कम्युटर युगमा प्रवेश गरेको गरेको छ । साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने छ । तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ ।


पहिला डाटा प्रोसेसिङका लागि अन्य मुलुकको भर पर्नुपर्दा नेपालको अध्ययन र अनुसन्धान खुम्चिएको थियो । आइटी पार्कमा सुपर कम्प्युटर प्रवेशसँगै अध्ययनअनुसन्धानका लागि असीमित सुविधा उपलब्ध भएको छ ।


आइटी पार्कमा स्थापना भएको सुपर कम्प्युटरमा १ सय ८४ वटा कम्प्युटर सर्भर, १६ वटा स्टोरेज सर्भर, १२ वटा हाइस्पिड स्विच छन् । यस्तै, ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू) नोड भएको ५ हजार कोरको ‘टाइटन भी’ कार्ड पनि छ । पार्कको बिजिनेस ब्लकको ६ वटा याकमा रहेको सुपर कम्प्युटरको वजन करिब ५ टन छ ।


सोत ः नागरीक दैनिक पत्रिका