कीवर्डहरू -

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजिनामा दिएपछि प्राधिकरणको निमित्त अध्यक्ष को बन्ला भन्ने प्रश्नको स्वभाविक उत्तर थियो, आनन्दराज खनाल । तर पछिल्ला दिनमा प्राधिकरणलाई लिएर मन्त्री, सचिवहरुको बढिरहेको दौडधुपले अरु रहस्य खोलिरहेका छन् ।

वरिष्ठ निर्देशक खनालले यसअघि पनि करिब २ वर्ष प्राधिकरणको अध्यक्ष पद रिक्त हुँदा निमित्त अध्यक्षको हैसियतले नेतृत्व गरिसकेका थिए । वरिष्ठताक्रमको हैसियतले खनालले नै अर्को अध्यक्ष नबन्दासम्म निमित्त भएर प्राधिकरणको नेतृत्व गर्ने अपेक्षा गरिएकोमा खनाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइटी विज्ञको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काजमा ल्याउने निर्णय भएको छ । दिगम्बर झाको अध्यक्षमा पुनर्नियुक्ति, फेरि राजिनामाको दबाब र अहिले खनाललाई मन्त्रालयलमा तान्ने कसरत हुनुका पछाडि धेरै रहस्य लुकेको विश्लेषण गरिन्छ ।

दूरसञ्चार प्राधिकरणका अरबौं रुपियाँका प्रोजेक्टहरु वर्तमान मन्त्री/सचिव अनूकुल चलाउन खनाललाई प्राधिकरणबाट मन्त्रालयमा तानिएको विश्लेषण गरिएको छ । यसअघि पनि मन्त्री र सचिवहरुसँग खनालको टसल पर्दै आएको थियो । प्राधिकरणमा खनाललाई नै सो जिम्मेवारी दिँदा थप समस्या आउने डर उनीहरुमा परेको देखिन्छ ।

मंगलबार खनालले प्राधिकरणमा सरकारले पठाएको सचिवस्तरीय पत्र बुझेका छन् । पत्र बुझेका उनले तत्कालै कानूनी उपचारमा नजाने प्रतिक्रिया दिएका छन् । मंगलबारदेखि नै मन्त्रालयमा काजमा हाजिर भएका उनलाई काम तोकिएको छैन । मन्त्रालयले जुन प्रयोजनका लागि उनलाई सरुवा गरेको हो, त्यसको सबै रहस्य उनलाई पक्कै थाहा छ । तर, उनी ‘लफडा’मा फस्न चाहिरहेका छैनन् । उनी स्वयम्ले आफूलाई मन्त्रालयमा काम गर्ने नियतले नभई थन्क्याउने नियतले काजमा बोलाएको तर्क गर्छन् ।

दूरसञ्चार प्राधिकरणका अरबौं रुपियाँका प्रोजेक्टहरु वर्तमान मन्त्री/सचिव अनूकुल चलाउन खनाललाई प्राधिकरणबाट मन्त्रालयमा तानिएको विश्लेषण गरिएको छ । यसअघि पनि मन्त्री र सचिवहरुसँग खनालको टसल पर्दै आएको थियो । प्राधिकरणमा खनाललाई नै सो जिम्मेवारी दिँदा थप समस्या आउने डर उनीहरुमा परेको देखिन्छ ।

खनाललाई मन्त्रालय ल्याई ‘थन्क्याउन’ प्राधिकरणमा कार्यवाहक अध्यक्ष रहने कानूनी व्यवस्था ल्याउने तयारी थालिएकाे छ । यसका लागि दूरसञ्चार नियमावली २०५४ को संशोधन गरी एकै व्यक्तिलाई लामो समयसम्म कार्यवाहक बनाउने सोच हुन सक्छ । दिगम्बर झाको राजिनामा स्वीकृत समेत नभइसकेको बेला कार्यवाहक अध्यक्षको लागि मन्त्रालयको दौडधुप बढ्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

यता प्राधिकरणको कार्यवाहक अध्यक्षको स्वतः हकदारको रुपमा हेरिएका निर्देशक पुरुषोत्तम खनाल आफू यसबारे अनभिज्ञ रहेको बताउँछन् । आफूलाई वरिष्ठ निर्देशक आनन्दाराज खनालको नाममा प्राधिकरणमा मन्त्रालयको चिठी आएको र उनले सो चिठी बुझेको बारेमात्रै जानकारी रहेको बताउँदै उनले मिडियामा आफूबारे नकारात्मक प्रचारबाजी भइरहेकोतर्फ गुनासो गरे ।

उनले कार्यवाहक अध्यक्ष बन्ने प्रयत्न आफूबाट नभएको प्रष्ट पारे । यदि जिम्मेवारी बहन गर्नपरे आफूले त्यो भूमिका पनि निभाउने भनाई उनको छ । निर्देशक खनाल प्राधिकरणको स्थापनाकालदेखि नै कार्यरत छन् । हालसम्म भएका सबै फलुलटाइम प्राधिकरण अध्यक्षसँग काम गरेको अनुभव उनीसँग छ ।

यसअघि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले प्राधिकरणका ३ अध्यक्षको उम्मेदवार सिफारिस गर्दा अन्तिम ३ मा दिगम्बर झा, पूर्व सचिव सुशील घिमिरेसँगै पुरुषोत्तम खनाल पनि परेका थिए ।

सिफारिस समितिले दिगम्बर झालाई नै अध्यक्षमा दोहोर्याएको थियो । अध्यक्ष झालाई फेरि मन्त्रालयले राजिनामाका लागि दबाब दियो र गत बुधबार  मात्रै आफूलाई पदको लोभ नभएको र सरकारलाई काम गर्न सजिलो होस् भन्दै राजिनामा दिएका थिए । तर, उनको राजिनामा स्वीकृत भइसकेको छैन ।