कीवर्डहरू -

होन्डा नेपाल ड्रिम कप आयोजना

होन्डा नेपाल ड्रिम कप आयोजना

काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहित होन्डा राईडरलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनपिमा ३० जना प्रतियोगीको सहभागिता रहेको थियो ।

ग्वार्कोमा रहेको होन्डाको सेफ्टी राईडिङ सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिप सीबीआर २५० आर र १४५–१६५ सीसी गरी २ विभिन्न भागमा विभाजित गरिएको थियो । नेपाल अटोमोबाईल स्पोर्टस् एसोसियसनको साझेदारीमा होन्डाले आयोजना गरेको ‘होन्डा नेपाल ड्रिमकप’लाई नेपाल मोटरसाइकल फेडरेसनले प्रमाणित गरेको थियो ।

च्याम्पियनसिपमा सीबीआर २५० आरअन्तर्गतका विजेताले नगद ५० हजार प्राप्त गरेका थिए । त्यसैगरी १४५–१६५ सीसी अन्तर्गत पहिलो हुनेलाई २५ हजार प्रदान गरिएको थियो । विजेताहरुले अगामी होन्डा इन्डिया ड्रिम कपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।