कीवर्डहरू -

साइबर सेक्युरिटी सिस्टम निर्माण हुँदै, प्राधिकरणले माग्यो परामर्शदाताको आशयपत्र

साइबर सेक्युरिटी सिस्टम निर्माण हुँदै, प्राधिकरणले माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी सिस्टम निर्माणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । साइबर सेक्युरिटी सिस्टमको मूल्यांकन र विस्तृत प्रतिवेदन तयार गर्न प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय परामर्शदाताको आशयपत्र माग गरेको हो ।

इच्छुक परामर्शदाताले आगामी जनवरी १० सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्र डटजीओभी डटएनपीबाट लिन सकिने छ ।

आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ ।आशयपत्रको मूल्यांकनका आधारमा शर्ट लिष्टेड फर्महरूलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि अनुरोध गरिने प्राधिकरणले जनाएको छ ।

आशयपत्र पास हुन कम्तिमा ६० अंक ल्याउनु पर्ने छ । अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे र राष्ट्रिय नेटवर्क सुरक्षाका लागि प्राधोकरणले साइबर सेक्युरिटी सिस्टम निर्माण गर्दै छ ।