नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, मापन र गुणस्तर विश्लेष्ण गर्ने भएको छ । यसका लागि प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै राष्ट्रियरूपमा परामर्शदाताको आशयपत्र माग गरेको छ ।
इच्छुक परामर्शदाताले आगामी जनवरी ९ सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्र डटजीओभी डटएनपीबाट लिन सकिने छ ।
आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ । आशयपत्रको मूल्यांकनका आधारमा शर्ट लिष्टेड फर्महरूलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि अनुरोध गरिने प्राधिकरणले जनाएको छ । आशयपत्रमा पास हुन कम्तिमा ६० अंक ल्याउनु पर्ने छ ।