कीवर्डहरू -

नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर

नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर

नेपाली डिजिटल कन्जुमरको माझ सेक्युरिटीका लागि म्याकक्याफेले नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । डिसेम्बर २० मा होटल अन्नपूर्णमा विशेष कार्यक्रम गरी एलिना इन्फोटेले म्याकक्याफेका ४ नयाँ प्रडक्टहरु सार्वजनिक गरेको हो । एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोबाइल सेक्युरिटीका अपडेटेड भर्शनहरु बजारमा उपलब्ध छ । यसै सन्दर्भमा म्याकक्याफेका दक्षिण एशिया बिजनेश म्यानेजर सन्दीप धर सँग शिव बस्नेतले केही कुराकानी गरेका छन् :

ग्लोबल आइटी सेक्युरिटी प्रडक्टको सन्दर्भमा म्याक्याफेको उपस्थिति कस्तो छ ? यसको बजार हिस्सा कस्तो छ ?
सूचना प्रविधिविनाको विश्व अब सम्भव छैन । यो ‘कनेक्टेड वल्र्ड’ हो । डिजिटल लाइफको अभ्यास भइरहेको छ । हरेक दिन नयाँ कुरा आइरहेको छ । सेक्युरिटी रिस्क फ्याक्टर पनि दिनदिनै आइरहेको छ । यसको महत्वपूर्ण समाधान हो, म्याकक्याफे । म्याकक्याफेको उपस्थिति विश्वमा जहीँतहीँ छ । यो ओइएम सप्लायरको हिसाबमा नम्बर वान सेक्युरिटी कम्पनी हो, जसले एचपी, डेल, लेनोभो, आसुस जस्ता ब्रान्डका लागि प्रि–लाडेडेड सेक्युरिटी सोलुसन्स प्रदान गरिरहेको छ । हामीले विश्वको दुई तिहाइ लार्जेस्ट फरच्युन कम्पनीहरुलाई सेक्युर बनाइरहेका छौं । हाम्रा ग्राहक ४ बिलियन पुगिसके । र यसले पिसी र मोबाइल सेक्युर गर्ने काम गरिरहेको छ । हाम्रो बजार हिस्सा विश्वव्यापी छ ।

नेपाली बजारमा हालसालै म्याकक्याफे विस्तार गर्नुभएको छ, कसरी बजार बढाउने सोचमा हुनुहुन्छ ?
हामीले नेपालमा भर्खरै प्रडक्ट लञ्च गरेका छौं । सेक्युरिटीको वल्र्ड क्लास सोलुसन्स नेपालीहरुका लागि ल्याएका छौं । हामीले पार्टनर सेन्ट्रिक अप्रोच ल्याई बजार बढाउँदै छौं । ९० प्रतिशत पार्टनरमार्फत बजार विस्तार हुन्छ भने बाँकी भर्टिकल एप्रोचबाट गर्नेछौं । हाम्रो एक्स्क्लुुसिभ पार्टनरमा अलिना इन्फोटेक रहेको छ भने अन्य रिजनल पार्टनर रहेका छन् ।

नेपालमा फिक्स्ड मार्केट भएका अरु सेक्युरिटी प्रडक्टहरु पनि छन्, उनीहरुसँग प्रतिस्पर्धा गर्न के कस्ता रणनीति छन् ?
हामी धेरै ढिला पनि भएका छैनौं नेपाली बजारमा । तर ओइएम सप्लायर भएकाले यहाँ ल्यापट प्रयोगकर्ताले हाम्रो सेक्युरिटी सोलुसन्सको अनुभव लिइसक्नु भएको छ । हामी पहिला डिलरहरुसँग राम्रोसँग काम गर्छौं र त्यसपछि कस्टुमरकोमा गएर राम्रो काम गर्छौं । हामीसँग बेटर प्रडक्ट बेटर प्राइसमा रहेको छ । विक्रीको आधारमा बजारमा प्रतिस्पर्धा छ । तर यसका लागि धेरै देशहरुमा विक्री गरेर आएको हाम्रो अनुभव छ । भारतमा ३५ प्रडक्ट छन्, तर हामी अरुभन्दा अघि छौं । म्याकक्याफे एन्टिभाइरस कम्पनी मात्रै होइन । हाम्रो आफ्नै स्ट्रेन्थ छ, थोरै कम्पनीमध्ये धेरै आरएन्डीमा खर्चिने कम्पनीमध्ये एक हो, म्याकक्याफे । सेक्युरिटी ल्यान्डस्क्याप डेभलपमेन्टमा हाम्रो लामो अनुभव छ । ४ बिलियन क्वेरिज हामीले हरेक दिन ह्यान्डल गर्छौं । र्यानसमवेयर, वान्नाक्राई जस्ता भाइरसबाट सुरक्षित भएको एक मात्र प्रडक्ट हो । कस्टुमरलाई कुनै कम्प्रोमाइज बिनाहाइ क्वालिटी प्रडक्ट दिएका छौं,

नेपालमा कुन कुन नयाँ प्रडक्ट सार्वजनिक गर्नुभएको छ ?
विश्वबजारमा सार्वजनिक भएका नयाँ प्रडक्ट यहाँ ल्याएका छौं । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोबाइल सेक्युरिटी प्रडक्टहरु ल्याएको छ । हाम्रा नयाँ प्रडक्ट मल्टिडिभाइस प्रडक्ट हुन् । यी डिभाइसले पिसी, म्याक र एन्ड्रोइडका लागि काम गर्दछन् । यिनीहरुमा धेर्र नयाँ र आकर्षक फिचर रहेका छन् । एलिना इन्फोटेक मार्फत यि प्रडक्टहरु देशभरि विस्तार भएका छन । आशा छ, नेपाली उपभोक्ताले हाम्रो मेहनतसँगै गुणस्तरीय प्रडक्ट नै छान्नुहुनेछ ।